पातन्जलले गर्यो योगप्रेमीहरुलाई सादर निमन्त्रणा

received_911215472698733

असार २९, २०७७ भक्तपुर । पातन्जल योग समिति नेपालले साउन  १ गतेदेखि ७ दिेने निशुल्क योग सिविर संचालन गर्ने भएको छ । भक्तपुरको सल्लाघारी चोकबाट १०० मिटर दक्षिणतर्फ कटुञ्जेमा पारीजात सहकारी रहेको भवनको तेस्रो तलामा यस संस्थाको केन्द्रिय कार्यलय रहेको र सोही कार्यलयमा रहेको योग तथा ध्यान प्रशिक्षण हलमा नेपाल सरकारले तोकेको मापदण्ड पुरा गरि योग तथा ध्यान साधना लगायत प्राकृतिक चिकित्सा विज्ञानका विषयमा विज्ञहरुद्धारा साधक.साधिकाहरुलाई प्रशिक्षित गर्ने कुराको जानकारी यस संस्थाका महासचिव नवराज काफ्लेले गराए । महासचिव काफ्लेका अनुसार सोहि दिन साउन १ गते नै पातञ्जल योग समिति नेपाल केन्द्रिय कार्यलयको उद्घाटन जिवन विज्ञानका सञ्चालक तथा ,एपेक्स कलेजका प्रार्चाय,जिवन विज्ञान विशेषज्ञ श्री एलपी भानु शर्माज्यूको प्रमुख समुपस्थितिमा सम्पन्न हुने भएकोले योगप्रेमीहरुलाई प्रमुख अतिथिको प्रवचनमा सरिक हुन समेत सादर आमन्त्रण गरिएको छ । नेपाल सरकारको आवश्यक मापदण्ड र प्रकृया पुरा गरि नेपालमा नै विधिवत रुपमा योग तथा ध्यान विधाको तालिम संचालन गर्न सिटिइभिटीबाट मान्यता पाएको पहिलो संंस्था पातन्जलले आफ्नो सागठानिक स्वरुप केन्द्र, प्रदेश हुंदै नेपालको ५१ वटा जिल्लामा निर्माण गरि योग तथा ध्यान लगायत प्राकृतिक चिकित्सावारे हजारौ साधक साधिकाहरुलाई प्रशिक्षित गरिसकेको छ । श्रावण १ गतेबाट नै नेपाल सरकारवाट मान्यता प्राप्त योग शिक्षकको तालिम समेत शुरुवात हुने हुंदा योग शिक्षक बन्न इच्छुक महानुभावहरुले सम्पर्क गरि आफ्नो सिट सुनिश्चित गर्न समेत पातन्जल योग प्रतिष्ठानले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।