पाठेघरको अप्रेसन गर्ने क्रममा आन्द्रा काटिँदा बिरामीको मृत्यु

midat-hospital-312762015२१ जेठ, ललितपुर। ललितपुरको लगनखेलस्थित मिडाट अस्पतालमा पाठेघरको अप्रेसन गर्ने क्रममा आन्द्रा काटिँदा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले अस्पतालमा तोडफोड गरेका छन् ।

अस्पतालमा मृतकका आफन्तहरुले विरोध प्रदर्शन समेत गरेका छन । काभ्रे बनेपाका ५३ वर्षीया राजकुमारी श्रेष्ठको पाठेघरको अप्रेसन गर्ने क्रममा आन्द्रा काटिएको हो । आन्द्रा काटिएपछि उनको मृत्यु भएको थियो ।

विरामीको आफन्तले चिकित्सकको लापरवाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् । विरामीलाई जेष्ट १५ गते अस्पताल ल्याईएको र १६ गते अप्रेसन गरेको उनीहरुले बताएका छन् ।

ललितपुर प्रहरीले व्यवस्थापन र पीडित पक्षबीच सहमतिको प्रयास भइरहेको जनाएको छ ।

घटनाका बिषयमा अस्पताल व्यवस्थापन पक्षले कुनै जानकारी दिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न