पाठकको पर्खाइमा पेरिसडाँडाका ४ हजार पुस्तक

साउन १९, काठमाडौं–माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरचोकबाट अलि भित्र पर्छ । तीनकुनेबाट पनि भित्र नै पर्ने त्यो स्थान जब माओवादीको कार्यलय बस्यो त्यसपछि पेरिसडाँडाको रुपमा चर्चा ह्वात्तै बढ्यो ।

7

शान्ति प्रक्रियामा आउँदाका बखत माओवादी कता बस्छन्, कसरी बस्छन् पार्टी कार्यालय कस्तो होला ? काठमाडौमै होला कि रुकुम रोल्पामा होला ? कुनै समयमा यो कौतुहलताको बिषय थियो । तर, जब माओवादीले बुद्धनगरमा पार्टी कार्यलय स्थापना गर्यो सबैको अनुमानले बिट मा-यो । 

बुद्धनगरको कार्यलय माओवादीका लागि सानो भयो । बिकल्पमा बन्यो पेरिसडाँडा । पार्टी विभाजनसँगै माओवादीका कार्यलय पनि भाग लागे । तर मुल पार्टी पेरिसडाँडामा नै बस्यो । माओवादीको पार्टी कार्यालय क्षेत्रफलको हिसाबले पनि ठिकै छ । भवन पनि ठूलो छ । त्यहि भवनमा अध्यक्षदेखि प्रमुख नेताहरुका कार्यलय छन् । बाहिर लहरै माक्र्सदेखि माओसम्मका कलात्मक तस्वीर छन् । तस्बीरको दाँया पट्टीको भवनको भूइँतलामा छ ‘वाइसियलको कार्यल ।’ यहि भवनमा छ माओवादी केन्द्रको लाइब्रेरी पनि । 

लाईब्रेरीभित्र पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको हातले कोरेको तस्वीर छ । त्यसभन्दा अलि पर माक्र्सदेखि माओसम्मको सामुहिक तस्वीर छ । जसले आ–आफ्नो समयमा विश्वमा उथलपुथल नै ल्याएका थिए । तिनीहरुको सामुहि तस्वीर भन्दा अलि पर नेपालको क्रान्तिको नेतृत्व गरेका  अध्यक्ष प्रचण्डको तस्विर छ । बिचमा गोलाकार टेबल छ । टेबलमाथि हुन्छन् केहि थान दैनिक पत्रिकाहरु । म त्यहाँ पुग्दा थोपस पिकेटिको क्यापिटल पनि त्यहि टेवलमा कुनै पाठकको पर्खाइमा थियो । थाहा छैन कोहि पाठक आएर विश्वमा भएको असमानताको बारेमा लेखेको पिकेटिको पुस्तको पाना पल्टायो अथवा त्यतिकै दराजमा थन्कीयो ? 

कम्युनिष्टहरुका गुरु कार्लमाक्र्सले जीवनको धेरै समय लाईब्रेरीमा बिताएका थिए । तीनै गुरुका नेपाली चेलाहरुको कार्यलय पेरिसडाँडामा पनि ४ हजार पुस्तक छन् । यो लाइब्रेरीको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २०६९ माघ ६ गते गरेका हुन् । लाइब्रेरी उदघाटनगरेपछि  माओवादीका कुनैपनि नेता पढ्न त के ? के हो भनेर सोध्न पनि लाईब्रेरीको ढोका भित्र छिरेका छैनन् । लाईब्रेरीयन सावित्रा शर्मा भन्छिन ‘लाईब्रेरी खुलेको यतिका बर्ष भए माओवादीका ठूला दुई जना नेताहरु बाहेक अन्य नेताहरु कहिल्यै पढ्न र पुस्तक खोज्न आएनन् ।’

लाईब्रेरीमा दर्ता भएकामात्र ४ हजार पुस्तक छन् । अन्य पुस्तकहरु पनि छन् । यी पुस्तकहरु केहि नेताहरुले उपहारमा दिएका छन् । केहि बजारबाट किनेर ल्याइएका छन् । उपहार दिनेमा हेमन्त प्रकाश ओली पहिलो नम्बरमा छन् । उनले दिएका सबै पुस्तकहरु वैचारीक छन् । अनन्तले पनि केहि पुस्तक उपहार दिएका छन् । 

ओली अहिले माओवादी केन्द्र छोडेर नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा छन् । उनी माओवादीमा हँुदा पेरिसडाँडा गएको दिन सधै लाईब्रेरी पसेर पढ्ने गर्थे । शर्माले बताईन् ‘ओली कमरेड कार्यलय आउनु भयो भने सधै लाइब्रेरी पसेर केहि पुस्तक पढेर जानु हुन्थ्यो ।’

०६९ देखि ७४ को बिचमा एक पटक तत्कालीन अर्थमन्त्री कृष्ण बहादुर महरा एउटा पुस्तक खोज्न पुगेका रहेछन् । तर त्यो पुस्तक बजारमा पनि पाउँछ भन्ने लागेपछि किनेर पढ्छु भन्दै फर्केको शर्मा सम्झन्छिन् । अग्नी सापकोटाले एउटा पुस्तक लगेर एकबर्ष राखेपछि शर्माले अहिले कुनै नेता तथा कार्यकताले पुस्तक मागे पुस्तको मूल्य भन्दा बढि पैसा माग्ने गरेकी छिन् । 

लाईब्रेरीमा पुस्तक छन् पाठक छैनन्
संसार ज्ञानले नेतृत्व गरीरहेको छ । ज्ञान बिना मान्छे अन्धो जस्तो हुन्छ । कयौ देशहरुमा मान्छे फुर्सद हुनेबित्तिकै पुस्तक पढ्छन् । कार्लमाक्र्सको जिवनी अध्ययन गर्ने हो भने थाहा हुन्छ –उनको जिवन नै लाईब्रेरीमा वितेको थियो । उनले हेगेलदेखि डेविड रिकार्डो,चाल्स फुरी लगात अन्य दार्शनिकहरुका रचना लाईब्रेरीमा नै अध्ययन गरेका थिए । आज माओवादी पार्टीको केन्द्रीय कार्यलयमा ४ हजार पुस्तक छन् । तर पाठक छैनन । पुस्तक नै पाठक कुरेर बसेका छन् । शर्मा भन्छिन् ‘यहाँका पाठक भनेका केहि स्कुल पढ्ने भाइहरु हुन् । केहि कार्यलय वरीपरी बस्नेहरु । माओवादीहरु त क्यान्टिनमा चिया खाएर गफ गर्छन् तर लाईब्रेरीमा छिर्दैनन ।’

ठूला नेताहरु जस्तै छन् युवा नेताहरुपनि । कसैलाई पनि फुर्सद छैन लाइब्रेरी छिर्ने । युवाहरुमा पढ्ने र वैचारीक नेताका रुपमा चिनिएका लेखनाथ न्यौपाने एक दिन छिरेका छन् लाईब्रेरी । तर अन्य युवा नेताहरुको भने एक दिनको पनि साइत जुरेको छैन । कोहि जादै जादैन भन्दा पनि एक दुई जना नेताहरु भने प्रायजसो कार्यलय पुग्दा बसेर पढ्ने गरेको अनुभव सुनाउछिन् शर्मा ।

सबैभन्दा बढि लाईब्रेरीमा बसेर पढ्नेमा झक्कु सुवेदी,युवराज चौलागाई,पुष्पविक्रम मल्ल,धुब्र पराजुली पर्छन् । 
कस्ता कस्ता छन् पुस्तक ?
कम्युनिष्ट घोषणपत्र देखि माक्र्स एंगेल्सका संकलित रचनाहरु १–४१ भाग सम्म अंग्रेजीमा छन् । विश्व प्रख्यात पूँजीको भाग १ देखि ३ सम्म नेपाली र हिन्दीमा छन् । लेनिनका संकलित रचनाहरु १ देखि ४० भाग सम्म अंग्रेजीमा छन् । 

माओको रेड बुक देखि संकलित रचनाहरु,दुर्लभ रचनाहरु नेपालीमा छन् । कयौ माक्र्सवादी पुस्तकहरु हिन्दीमा पनि छन् । पछिल्लो समयको थोमस पिकेटीको चर्चित पुस्तक क्यापिटल पनि पाठकको पर्खाइमा टेवलमा त्यतिकै थन्केर बसिरहको छ । अझै पनि त्रिभुवन विश्व विद्यालयबाट बाबुराम भट्राईको आजको माक्र्सवाद खोज्न आउँछन् । माओवादी नेताहरु र कार्यकर्ताहरुका स्मरणहरु पनि लाइब्रेरीमा छन् । नेतारुले लेखेका वैचारीक पुस्तकहरु पनि छन् । तर, ती सबै पुस्तक पाठकको पर्खाइमा छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी