पाकिस्तानसँग नेपाल ६ विकेटले पराजित

Nepali-crcket-team-against--750x371काठमाडौँ, १४ चैत । एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित भएको छ ।

बङ्गलादेशको शेख कमाल अन्तर्राष्ट्रिय खेल मैदानमा आज टस हारेपछि नेपालले पहिले ब्याटिङ गरेको थियो । पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग नेपालले निर्धारित ५० ओभर पुरै खेल्दै नौ विकेटको क्षतिमा एक सय ८० रन बनायो । एकसय ८१ रनको विजयी लक्ष्य पाकिस्तानले चार विकेटको क्षतिमा ४५ दशमलव १ ओभरमा पुरा गर्यो ।

पाकिस्तानका लागि प्रारम्भिक ब्याट्सम्यान इमाम उल हकले अविजित १०४ रन बनाए । उनले एकसय ३५ बल खेल्ने क्रममा नौ चौका प्रहार गरे । यस्तै, हमिद आजमले अविजित २२, इमरान बटले २१, हरिस सोहेलले १७ तथा मोहम्मद रिजवानले १० रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सन्दिप लामिछानेले दुईदुई विकेट लिए । फास्ट बलर दीपेश श्रेष्ठ र स्पिनर सुशन भारीले पाकिस्तानसँगको खेलबाटै नेपाली सिनियर टोलीमा डेब्यु गरेका छन् ।

यसअघि नेपालका लागि ब्याटिङ गर्ने क्रममा सुनिल धमलाले एकसय २५ बलको सामना गर्दै ४३ रन तथा शरद भेषवाकरले ५९ बल खेल्दै ३८ रन बनाए । यस्तै, बिनोद भण्डारीले २४ तथा आरिफ शेखले १६ रन बनाए । बलिङतर्फ पाकिस्तानका गुलाम मुदासारले पाँच तथा उसमा मिरले दुई विकेट लिए ।पछिल्लो पटक नेपाली टिम पाकिस्तानको २३ वर्षमुनिको टोलीसँग ९ विकेटले पराजित भएको थियो । एसियाली क्रिकेट परिषद एसीसीको आयोजनामा सञ्चालित इमर्जिङ टिम्स कप सन् २०१३ पछि आयोजना भएको हो ।

नियमित कप्तान पारस खड्का यस प्रतियोगितामा अनुपस्थित छन् । प्रमुख तीन बलर शक्ति गौचन, सोमपाल कामी र बसन्त रेग्मी पनि टिममा छैनन् । नेपाल रहेको समुह ए मा पाकिस्तान, बंगलादेश र हङकङ तथा समुह बि मा भारत, श्रीलंका, मलेसिया र हङकङ रहेका छन् ।

प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै अफगानिस्तान, मलेसिया र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, बंगलादेश र श्रीलंकाका २३ बर्षमुनिका खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले मङ्गलबार बङ्ंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति