पाकिस्तानले इंग्ल्याण्डलाई ४ विकेटले पराजित

Pakistan's Sarfraz Ahmed plays a shot during play in the fifth one day international (ODI) cricket match between England and Pakistan at The SWALEC Stadium in Cardiff, south Wales, on September 4, 2016. Jason Roy and Ben Stokes both struck quickfire fifties as England made 302 for nine in the fifth and final one-day international against Pakistan in Cardiff on Sunday.  / AFP / Geoff CADDICK        (Photo credit should read GEOFF CADDICK/AFP/Getty Images)

२० भदौ, काठमाडौं । पाकिस्तानले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको छ । पाँचौ एकदिवसीय क्रिकेटमा पाकिस्तानले इंग्ल्याण्डलाई ४ विकेटले पराजित गरेको हाे ।  कार्डिफमा ३०३ रनको लक्ष्य पछ्याएको पाकिस्तानको सुरुवात राम्रो थिएन । ७७ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो ।

तर, शोएव मल्लिक र सर्राफ अहमदले पारी सम्हाले । उनीहरुले चौथो विकेटका लागि १६३ रनको साझेदारी गरे । अहमद ९० रनमा आउट भए, जतिबेला टिमको स्कोर २४० रन थियो ।

यो साझेदारी टुटेपछि पाकिस्तानको पारी फेरि धरमरायो । थप २६ रन जोड्दा छैटौं विकेट गुमाएको थियो । तर, मोहम्मद रिवाज र इम्आद वासिमले पाकिस्तानलाई जित दिलाए । रिवाजले ३४ र आसिम १६ रनमा अविजित रहे । शोएव मल्लिकले ७७ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३०२ रन बनाएको थियो । उसका लागि जेसन रोएले ८७ र बेन स्टोक्सले ७५ रनको योगदान दिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति