पहिचान गुमाउने र हिन्दीलाई मातृभाषा भन्ने कुरा एमालेलाई मान्य हुँदैन -ओली

काठमाडौं, जेष्ठ २७ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय पहिचान गुमाउने कुरा पार्टीका लागि मान्य नहुने बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने– ‘कुनै पनि नेपाली जातिको मातृभाषा नभएको हिन्दीलाई तराई/मधेसमा मान्यता दिइए त्यहीँका मातृभाषा मैथिली, भोजपुरी र अवधिको भविष्य समाप्त हुन सक्छ ।’

अध्यक्ष ओलीले भने– ‘प्रदेशस्तरमा धेरै बोलिने एक दुई भाषालाई काम काजको भाषा बनाउन सकिन्छ तर केही क्षेत्रमा बोलिने भाषालाई राष्ट्रिय मान्यता दिन सकिँदैन, भाषा आयोगको सिफारिसमा संविधानको अनुसूचीमा व्यवस्था गरी प्रदेशमा धेरै बोलिने भाषालाई मान्यता दिन सकिन्छ ।’

एमाले व्यवस्थापिका– संसद्‌मा प्रतिपक्षमा भए पनि स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सत्ता पक्ष बनेको उल्लेख गर्दै उनले स्थानीय तहको अहिलेसम्मको परिणाम अनुसार पहिलो शक्ति भएकाले सत्ता पक्षले ल्याउने राम्रा प्रस्तावलाई सकारात्मक रुपमा सहयोग गरिने बताए ।

अध्यक्ष ओलीले जनताका समस्या समाधान र गरिबी हटाउन एमालेले काम गरेकाले अन्य दल डराउने गरेको बताउँदै प्रदेश नं–२ मा एमालेको सरकार बनोस् भन्ने त्यहाँका जनताको जनमत रहेको दाबी पनि गरे ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी परित्याग गरी एमाले प्रवेश गरेका महासचिव प्रद्युम्ननारायण यादव र प्रवक्ता लक्ष्मीप्रसाद ओली एवम् नाट्यकर्मी रमेशरञ्जन झालाई पनि अध्यक्ष ओली लगायतका शीर्षस्थ नेताले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने