पशुपति क्षेत्रमा माग्नेको चहलपहल

काठमाडौँ, जेठ २९: पशुपति क्षेत्रको गौरीघाट, उमाकुण्ड, वनकाली क्षेत्रमा माग्नेको सङ्ख्या बढ्न थालेको छ । मागेर खानु नपरोस् भनेर कतिपय सुधार केन्द्रमा लगिएका धमाधम उम्किएर पुरानै स्थानमा माग्न आइपुगेका छन् । पशुपति क्षेत्रलाई मगन्तेविहीन क्षेत्र घोषणा गरिए पनि यहाँ नयाँ अनुहारका मगन्तेको आगमन दिनहुँ बढेको छ । साथै पुराना र नयाँबीच झगडा पनि हुने गरेको स्थानीयवासीको भनाइ छ । प्रहरी प्रभाग गौशालाका प्रमुख जितेन्द्र बस्नेतका अनुसार कतिपय माग्नेलाई सुधार केन्द्र वा आश्रममा लगिए पनि भागेर यही क्षेत्रमा आउने गरेका छन् ।

पशुपति क्षेत्रमा मगन्तेलाई दालभात खान दिने केही संस्थाका कारण पनि माग्नेको आकर्षणमा यो क्षेत्र पर्न गएको प्रहरीको भनाइ छ । प्रमुख बस्नेत भन्नुहन्छ, ‘‘तीलगङ्गामा भात बाँड्ने भएकाले माग्नेहरू आउँछन् । भीड नगरभन्दा भात खान दिएन भन्छन् । मागेर खाने भए पनि महँगा मोबाइल बोकेर प्रहरीको तस्बिर खिचेर सामाजिक सञ्जालमा राख्छन् । स्थिति कठिन भए पनि प्रहरीले व्यवस्थापन गर्दै आएको छ ।’’

काठमाडौँको कालभैरव क्षेत्र, मखन महादेव क्षेत्र, ज्ञानेश्वर महादेव लगायतका देवस्थल आसपास नयाँ अनुहारका माग्नेहरूको जमघट बढेको छ । धर्मचक्र महाविहारका गुठियार भुवन शाक्यका अनुसार विहार वही र चैत्य आसपास पनि माग्नेहरू देखा परेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का स्थानीय नेता रमेशसिंह डङ्गोलका अनुसार ग्रह दशा मन्साउन माग्नेलाई द्रव्य दान गर्न चाहने भक्तका कारण पनि यो क्षेत्रमा समस्या बढेको छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले हालको निषेधाज्ञाका कारण माग्नेलाई सुधार केन्द्रमा पठाउन नसकिएको बताउनुभयो । सुधार केन्द्रमा लगिएका पनि फर्केर सडकमै आउन थालेको उहाँको भनाइ छ ।

पशुपतिमा दशकौँ मगन्ते जीवन व्यतित गरिरहनुभएका सिरहा गोलबजारका राजेश साह मीठो खान पाइने, खर्चका लागि पैसा पनि पाइने भएकाले आफूजस्तै यहाँ थुप्रैको गुजारा चलेको बताउनुहुन्छ । डेराभाडा तिर्न पनि माग्न आउनै प¥यो उहाँ भन्नुहुन्छ । गौरीघाट, कुमारीगाल, चावहिल, गौशाला लगायत पशुपति क्षेत्र आसपासमा मासिक सात हजार रुपियाँसम्म डेराभाडा तिरेर बस्ने मगन्तेको यहाँ बाहुल्यता रहेको साह बताउनुहुन्छ ।

ठूलो सदावर्त, सानो सदावर्त, सप्तमी तिथिको खीर भोजन र रणोद्दीपसिंहको दैनिक श्राद्ध भोजनसमेत यहाँ साबिकअनुसार चल्न छोडिसकेको छ । तर पनि साहुमहाजनबाट भोजन गराउने परम्पराले गर्दा पशुपति क्षेत्र माग्नेहरूबाट मुक्त हुन नसकेको अमालकोट कचहरी कार्यालयका द्वारे पूर्ण डङ्गोलको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न