पल्सर स्पोर्टस अवार्ड भदौ २६ गते

४ साउन, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको वार्षिक कार्यक्रम अन्तर्गत एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको १४औं संस्करण आगामी भदौ २६ गते हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मञ्चले अघिल्लो वर्षजस्तै यस वर्ष पनि आठ बिधामा अवार्ड प्रदान गरिने जानकारी गराएको छ । २०७३ सालमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, प्रशिक्षक तथा खेल अधिकारीहरुलाई अवार्ड प्रदान गरिनेछ ।

Pulsar-Sports

अघिल्ला वर्षहरुमा जस्तै वर्षको उत्कृष्ट पुरुष, महिला, युवा र प्रशिक्षक, पिपुल्स च्वाइस अवार्ड, स्पेसल अवार्ड, उत्कृष्ट पारा एथ्लिट अवार्ड र लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने मञ्चका महासचिव प्रकाश तिमल्सिनाले जानकारी दिए ।

हंसराज हुलासचन्द एण्ड कम्पनीले मूख्य प्रायोजन गरेको अवार्डका तीन बिधाका बिजेताले बजाज पल्सर मोटरसाइकल पाउने गरेकोमा यस वर्षदेखि चार जना बिजेताले मोटरसाइकल पाउने पत्रकार सम्मेलनमा जानकारी गराइयो । बर्षको उत्कृष्ट पुरुष र महिला तथा पिपुल्स च्वाइस अवार्डका बिजेताले मोटरसाइकल पाउँदै आएका थिए । तर नयाँ कुन बिधाका बिजेतालाई मोटरसाइकल दिने भन्नेबारे टुंगो लागिनसकेको मञ्चका अध्यक्ष महेश आचार्यले बताए ।

चार बिधाका बिजेताले मोटरसाइकल र बाँकी ४ बिधाका बिजेताले जनही ५० हजार पुरस्कार पाउनेछन् । पिपुल्स च्वाइस अवार्ड जनताको मतका आधारमा प्रदान गरिनेछ । पाँच वर्षको सम्झौता अनुसार गोल्छा अर्गनाइजेसनले यस वर्षका लागि १८ लाख ९० हजारको मुख्य प्रयोजन गरेको कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति