June 5, 2017

पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन

जेठ २२, काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्र्दै रिट दायर गर्ने अधिवक्ता विकास गिरी चार दिनदेखि सर्वोच्चको सम्पर्कबाहिर रहनुभएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

गिरीले गत बुधबार न्यायाधीश पराजुलीविरुद्ध रिट दर्ता गरेपछि न्याय क्षेत्रमा सनसनी फैलिएको थियो तर सबैलाई जिल्याउँदै गिरी एकाएक सम्पर्कविहीन भएको प्रसंगले सर्वोच्च प्रशासनका कर्मचारी र कानुन व्यवसायी आश्चर्यमा परेका छन् । पराजुलीविरुद्ध नौ पृष्ठ लामो रिट हाल्न सक्रिय गिरी एकाएक सम्पर्कविहीन हुँदा रिटको पक्षमा बहस गर्ने तयारीमा रहेका कतिपय लब्धप्रतिष्ठित कानुन व्यवसायीसमेत जिल्लिएका छन् ।

गिरीको रिटमा सुनुवाइका लागि गत बिहीबार न्यायाधीश केदारप्रसाद चालिसेको इजलासमा पेसी तोकिएको थियो । त्यसदिन न्यायाधीश चालिसे आईजीपी विवादमा गठित बृहत् इजलासमा समेत रहनुपरेका कारण सुनुवाइका लागि पालो आएन । त्यसदिनदेखि गिरी मुद्दाको तारिख गुजार्दै सम्पर्कमा नआएको सर्वोच्च प्रशासनले जनाएको छ । गिरी आइतबार पनि सम्पर्कमा आउनुभएन ।

सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले निवेदक गिरी सम्पर्कमा नरहेको बताउनुभयो । ‘उहाँ सम्पर्कमा आउनुभएको छैन । तारिख थाम्न पाउने म्याद छउन्जेल हेर्नुपर्ने हुन्छ । अकारण तारिख गुजारेमा बेञ्चले कानुनी कारबाही गर्नसक्छ,’ उपाध्यायले अन्नपूर्ण पोस्टसँग भन्नुभयो । एक वर्षअघि मात्र अधिवक्ताको प्रमाणपत्र लिएका गिरी बनेपा, टुकुचाका स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ हाल उच्च अदालत पाटन बार एसोसिएसनको सदस्य रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने