मंसिर ११, चितवन: एमाले केन्द्रीय कमिटीको बैठकले केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्न अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्तावलाई सर्वसम्मत रूपमा पारित गरेको छ ।
शुक्रबार राति चितवनको सौराहामा बसेको बैठकले ओलीले राखेको प्रस्तावलाई पारित गरेको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
जसनुसार अब एमालेमा केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । यस्तै पोलिट्ब्युरोमा ९९, स्थायी कमिटी ४५, पदाधिकारी (सचिवालय) १९, अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३, सचिव ७ जना रहने छन् ।
अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगलाई २५ सदस्यीय बनाउने प्रस्ताव पारित गरिएको छ ।
अब पारित प्रस्तावलाई महाधिवेशनमा लैजाने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । उनले शुक्रबारको बैठकले एमालेमा सहमतिको बाटो बनेको बताए ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा
फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द