पदकको अपमान ! ५१४ जनाको सूचिमा पनि परेनन् धुर्मुस–सुन्तली

काठमाडौं, जेठ १५ – अहिले ‘सिजन’ पदकको छ । पदक पाउनका लागि दौडधूप पनि उत्तिकै छ । पदक थापेका तस्वीरले सामाजिक संजाल रंगिएका पनि छन् । राष्ट्रपतिको छोरीदेखि प्रधानमन्त्रीका छोरासम्म, उपराष्ट्रपतिका छोरादेखि उच्च सरकारी कर्मचारी र सुरक्षा अधिकारी पदकको पंक्तिमा अगाडि देखिए ।
पदकलाई लिएर आलोचना पनि उत्तिकै छ, सामाजिक संजालमा । आलोचनापछि प्रधानमन्त्री पुत्र प्रकाश दाहालले सफाई दिए र पदक नलिने घोषणा पनि गरे ।
यो पदक पाउनेको कुरा थियो । अर्कोतिर म्यागासेसे पुरस्कार बिजेता महाबीर पुन यहि बेला आफुले पाएका पदक लिलामको सूचना जारी गरिरहेका छन् । आबिस्कार केन्द्रका लागि पैसा जुटाउन पुनले यस्तो कदम चालेका छन् ।
अहिले यी दुई कुरा चर्चामा छन् । तर, पदक पाउन योग्यहरु छुटेकोवारे चाहीँ कमै चर्चा छ । गणतन्त्र दिवस ०७४ को अवसर पारेर राज्यले ५१४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदक प्रदान गर्ने निर्णय गरेको थियो । केही पदक शुक्रबार केही आज पनि प्रदान गरिदैछ ।

तर, दुर्भाग्य यो लामो सूचिमा केही यस्ता व्यक्तिको नाम भेटिएन, जो पदकका सवैभन्दा बलिया दावेवार थिए । नेपालको चर्चित जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’को नाम भने यो सम्मानमा कहि कतै समेटिएको छैन । समाजसेवामा उनीहरुको अतुलनीय योगदान चाहीँ कसैले बिर्सेका छैनन् । तर, राज्यले चाहीँ पदकका लागि सम्झेन ।

अभिनयबाट चर्चित बनेका यो जोडी पछिल्लो समय समाजसेवामा अग्रस्थानमा रहँदै आएका छन् । तीन चरणमा तीन ठाँउमा एकिकृत बस्ती निर्माण गरेर हस्तान्तरण समेत गरिसकेका यो जोडीको नाम कहिकतै सम्मानमा नहुँनु दुःखको कुरो हो ।

राज्यको तर्फबाट दिइने कुनै पनि सम्मानको अहिलेसम्म आफुलाई खबर नआएको कलाकार सितारमा कट्टेल ‘धुमर्स’ले बताए । ‘केही दिन पहिले पनि सम्मान बाँडिएको मिडियाबाट थाहा पाएको थिएँ’ धुर्मसले भने ‘आज पनि बाँडिदैरहेछ । तर, मलाई कहि कतैबाट खबर आएको छैन ।’

गत बर्ष ‘प्रवलजनसेवा श्री’ सिफारिसमा परेपनि अहिलेसम्म उक्त पदक नपाएको सिताराम कट्टेल ‘धुर्मुस’ले बताए । ‘सिफारिस भएको कुरा आएको थियो, तर पदक चाहीँ पाइएनँ’ उनले भने ।

गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति निवासमा आयोजना गरिएको जलपानको निम्तो आउँदा सम्मानको कुनै निम्तो नआएको कट्टेलले खुलाए । ‘यदि जलपानमा सम्मान हुन्थ्यो भने खुलाएर आउथ्यो होला’ उनले थपे ।

धुर्मुस सुन्तलीले काभ्रेको पहरी गाउँमा, गिरानचौर र महोत्तरीका मुसहर समुदायका लागि गरेर तीन एकीकृत नमुना बस्तीबाट निर्माण सम्पन्न गरिसकेका छन् ।

राज्य तथा अन्यबाट सम्मान पाउने आसले भन्दा पनि आफ्नो स्वविवेकले समाजसेवा गरेको धुर्मुसल बताए । उनले सम्मान नपाए पनि समाजसेवा तर्फको आफ्नो लगाव कहिकमी नआउने सुनाए ।

उनले भने ‘देश तथा बिदेशमा रहने नेपाली दाजुभाई तथा दिदी बहिनीले जुन सम्मान दिइरहनु भएको छ । त्यो सम्मान हाम्रो लागि सबैभन्दा ठुलो सम्मान हो ।’

राष्ट्रको तर्फबाट दिइने सम्मान कलाकार जितु नेपाल र विल्सन बिक्रम राई ‘तक्मेबुढा’ले भने थापेका छन् ।

रातोपाटी प्रधानसम्पादकले गरे पदक नलिने घोषणा
त्यसैबीच रातोपाटी अनलाइनको प्रधान सम्पादक ओम शर्माले आफुले पदक नलिने बताएका छन् । उनलाई गणतन्त्र दिवसको अवसर पारेर ‘प्रवल जनसेवाश्री पदक’ का लागि सिफारिस गरिएको थियो ।
‘पुरानै ढाँचा र शैलीमा पदक बाड्ने तरिकाले ठीक मान्छेले सम्मान पाउन सकेका छैनन् । धुर्मुस–सुन्तलीजस्ता समाजसेवीले पुरस्कार नपाउने र शक्तिका भरमा घर परिवारका मान्छेलाई पदक वितरण गर्ने कुरा उचित लागेन । यहीँ कारण मैले पदक नलिने घोषणा गरे ।’ शर्माले भने ।
त्यसैबीच पत्रकार महेश्वर दाहाल र गोविन्द आर्चायले पनि पदक नलिने बताएका छन् । दाहाल प्रेस सेन्टरका अध्यक्ष छन् भने आर्चाय प्रधानमन्त्रीका प्रेस सल्लाहकार ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न