पत्रपत्रिकाको फ्रन्टपेजः स्थानीय तह ७४४

 

all-paper-450x350२३ फागुन, काठमाडौं । सोमबार काठमाडौंबाट प्रकाशित सबै दैनिक पत्रिकाहरुले मन्त्रिपरिषद् बैठकले स्थानीय तहको संख्या ७ सय ४४ पुर्‍याएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएका छन् । त्यस्तै निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई ‘चुनाव प्रचारमा नजान’ निर्देशन दिएको समाचारले महत्वपूर्ण स्थान पाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ३३ किलो सुन तस्करीमा संलग्नहरुलाई सार्वजनिक गरेको समाचारलाई पनि पत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् ।
यससँगै नयाँ पत्रिका दैनिकले तीन सय ३८ गाविसमा अझै सडक नपुगेको समाचारलाई महत्व दिएको छ । पश्चिम सेती बहुउद्देश्यीय आयोजना निर्माणमा चिनियाँले ढिलाई गर्दा सरकार असन्तुष्ट भएको भएकोलाई अन्नपूर्ण पोस्ट् दैनिकले मुख्य समाचार बनाएको छ ।

खोप विथोल्ने स्वस्थ्यकर्मी निलम्बित भएकोलाई मुख्य समाचार बनाएको नागरिक दैनिकले मधेसमा एमाले र मधेसी मोर्चा आमने-सामने भएकोलाई पनि उल्लेख गरेको छ । जन्मकैद पाएका माओवादी नेता बालकृष्ण ढुंगेलले प्रधानमन्त्रीसँग भेट गरेको समाचारलाई महत्व दिएको राजधानी दैनिकले बढुवासँगै सशस्त्र प्रहरीमा विवाद भएको समाचारलाई समेटेको छ ।

दलहरु निर्वाचन केन्द्रित गतिविधिमा लागेको समाचारलाई गोरखापत्र दैनिकले प्राथमिकताका साथ छापेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा