पत्रपत्रिकाको फ्रन्टपेजः विकास खर्च सात महिनामा १५ प्रतिशत, सत्तारुढ दलमा अन्तरकलह

 २६ माघ, काठमाडौं । बुधबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकाहरुले स्थानीय निर्वाचनको विषयमा भएका विभिन्न गतिविधिसँगै ठूला दलभित्र बढ्दो अन्तरकलहसम्बन्धी समाचारलाई फ्रन्टपेजमा छापेका छन् ।

IMG_9563-768x1103

संविधान संशोधनमा फेरि संशोधन गर्ने तयारी भएको समाचारलाई अन्नपूर्ण पोस्ट् दैनिकले महत्वका साथ छापेको छ । त्यस्तै, सुन तस्करीका लागि लगेजमै लाखौं डलर विदेश पुर्‍याउने गरेको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।

नयाँ पत्रिका दैनिकले सात महिनामा १५ प्रतिशतमात्रै विकास खर्च भएकोलाई ‘ब्यानर न्यूज’ बनाएको छ । त्यस्तै राप्रपाको ७४ जिल्लामा अधिवेशन सम्पन्न भएको समाचारलाई पनि महत्व दिएको छ ।

निर्वाचन आयोगले जेठ १ र २१ गते निर्वाचन मिति प्रस्ताव गरेको समाचारलाई राजधानी दैनिकले मुख्य समाचार बनाएको छ । त्यस्तै सर्वोच्च अदालतको आदेशबिना कल डिटेल हेर्न नपाएइने समाचारलाई महत्व दिएको राजधानीले ‘नामर्द’ले जन्माएको अपराध शीर्षकको समाचारलाई एंकर बनाएको ।

नागरिक दैनिकले निर्वाचनको विषयमा सत्तारुढ दलभित्र अन्तरकलह बढेको समाचारलाई प्राथमिकता दिएको छ ।

काठमाडौंमा बढ्दो धूलोमैलोसम्बन्धी स्टोरीले कान्तिपुर दैनिकमा प्राथमिकता पाएको छ ।

नेपाल समाचारपत्र दैनिकले आईएसआईका प्रतिनिधि सार्वजनिक भएको समाचारलाई फ्रन्टपेजमा स्थान दिएको छ ।

IMG_9570            IMG_9572

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा