पत्रपत्रिकाको फ्रन्टपेजः सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका एसएसपी खत्री पक्राउ

२४ माघ, काठमाडौं । सोमबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रपत्रिकाहरुले सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका एसएसपी श्याम खत्री पक्राउ परेको समाचारलाई फ्रन्टपेजमा छापेका छन् । त्यस्तै नारायणी उपक्षेत्रीय अस्पतालबाट माघ २१ गते 11हराएको शिशु भेटिएको समाचारले पनि फ्रन्टपेजमा स्थान पाएको छ ।Paper-Magh-18-2073

नयाँ पत्रिका दैनिकले ‘के हुन्छ स्थानीय तह पुनर्संरचना प्रतिवेदन ?’ शीर्षकमा मुख्य समाचार छापेको छ । त्यस्तै रामेछापमा मन्दिरभित्र पसेका दलितलाई ५ हजार रुपैयाँ जरिवाना तिराएको समाचारलाई पनि स्थान दिएको छ ।

 

नागरिक दैनिकमा निर्वाचन आयोगले सरकारलाई  जेठ १ र १९ गते स्थानीय चुनाव गर्न प्रस्ताव गरेको समाचार महत्वका साथ प्रकाशित छ ।
अन्नपूर्ण पोस्ट् दैनिकले मोर्चालाई रिझाउन कांग्रेस सभापति शेरबहादुर देउवा सक्रिय भएको समाचारलाई प्राथमिकता दिएको छ । काठमाडौं उपत्यकाबाट टेम्पो र माइक्रोबस हट्ने भएको समाचारले पनि महत्व पाएको छ ।12

राजधानी दैनिकले १६ दिनसम्मका लागि संसद स्थगित भएकोलाई मुख्य समाचार बनाएको छ ।

कान्तिपुर दैनिकले संविधान संशोधनपछि मात्रै चुनाव गर्न कांग्रेस र मोर्चाबीच सहमति भएको समाचारलाई प्राथमिकता दिएको छ ।

13गोरखापत्र दैनिकले हुलाकी राजमार्गमा दश नयाँ शहर बन्ने समाचारलाई महत्व दिएको छ ।

नेपाल समाचारपत्र दैनिकमा काठमाडौं हतियार भित्रिरहेको खुलासा भएको समाचारले फ्रन्टपेजमा स्थान पाएको छ ।

महाशक्ति राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हालेयता उच्च शिक्षा हाशिल गर्न त्यसतर्फ जाने नेपाली विद्यार्थीको संख्या ह्वात्तै घटेको
खबर आजको नागरिकमा छ ।

राष्ट्रपति ट्रम्पले आप्रवासी सम्बन्धी कठोर नीति लिएका कारण विद्यार्थीमा अमेरिका आकर्षण घटेको हो ।
आइतबार अमेरिकाको नो अब्जेक्शन लेटर लिने विद्यार्थी शून्य भएपछि शिक्षा मन्त्रालयका पदाधिकारी आश्चर्यमा परेका छन् ।

शिक्षा मन्त्रालयका उपसचिव डिल्लिश्वर प्रधानका अनुसार अंग्रेजी महिनाको सुरू अर्थात जनवरी लागेदेखि अमेरिकाका लागि नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या घट्दै गएको छ ।

उपसचिव प्रधानले उपलब्ध गराएको तथ्यांक अनुसार मंसिर १ देखि पुस १६ गतेसम्म ६ हजार तीन सय ६६ बिद्यार्थीले नोअब्जेक्सन लेटर लिएका थिए । यसमा असट्रेलिया जाने विद्यार्थी धेरै थिए भने दास्रो स्थानमा अमेरिका थियो ।

राट्रिपति ट्रम्पको उदयसँगै अमेरिका जाने नेपाली विद्यार्थी ह्वात्तै घटेको उनले बताए ।

त्यस अवधिमा नोअब्जेक्सन लेटर लिनेमध्ये अष्ट्रेलिया जाने ३ हजार ३ सय ८८ थिए भने अमेरिका जाने ९ सय ५९ बिद्यार्थी रहेको प्रधानले बताए ।

उनका अनुसार जनवरी १ देखि अमेरिकाको लागि नोअब्जेक्सन लेटर लिन आउने विद्यार्थीको संख्या शुन्य छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गोरखाका गाविस सचिवलाई धम्कीको शैलीमा चन्दा मागेको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।
फगुन १ गते राजधानीमा हुने अधिवेशनका लागि भन्दै माओवादीले आफूहरुसँग चन्दा मागेको सचिवहरुको भनाइ छ ।

उद्दण्ड शैलीमा चन्दा मागेका छन् खोप्लाङका गाविस सचिव ऋषिराम पौडेलले भने १० हजार रुपैयाँभन्दा कम नौ हजार नौ सय ९९ रुपैयाँ दिए पनि हामी लिन्नौं । नदिए पछि हामीले जहाँ बोलाएका छौं, त्यहीँ आएर दिनुपर्छसमेत भने । तर आफूले गाउँपरिषद्मा निर्णय गरी गाविसको पैसा खर्च गर्न नमिल्ने अडान लिएको उनको भनाइ छ ।

आफूसँग रामबादुर लामिछाने भन्ने माओवादी कार्यकर्ताले धम्कीको भाषामा चन्दा मागेको धावा गाविसका सचिव हरीश ओखेडाले जानकारी दिए । शान्ती प्रक्रियामा आइसकेपनि धम्क्याएर चन्दा माग्दा आफू आश्चर्यचकित भएको उनको भनाइ छ ।

यता विप्लव माओवादीका गोरखा संयोजक योगेन्द्र कुमालले भने अधिवेशनका लागि चन्दा माग्ने निर्णय भएपनि धम्क्याएर चन्दा असुली नगरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू