काठमाडौँ, ९ असोज । डाक्टरको लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि आइतबार दिनभर ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तनावग्रस्त बन्यो ।
पत्थरीको उपचार गर्न सप्तरीबाट राजधानी आएकी २३ बर्षीया ललिताकुमारी चौधरीको उपचारको क्रममा शनिबार निधन भएको थियो ।
चौधरीलाई सामान्य अवस्थामा साउन १७ गते किस्टमा भर्ना गरिएको थियो ।
उनको पत्थरीको अप्रेसना क्रममा समस्या देखिएको भन्दै मिर्गौला झिक्दा मृत्यु भएको आफन्तको आरोप छ ।
भर्ना भएको एक सातापछि चौधरीको पत्थरीको अप्रेसन भएको थियो ।
मृतकका दाइ रामस्वागतले विरामीको अवस्थामा सुधार नआएपछि अर्को अस्पतालमा रिफर गर्न आग्रह गर्दा अस्पतालले अस्वीकार गरेको बताए ।
पत्थरी निकाल्ने क्रममा पीप फेक्सोसम्म फैलिएकाले बिरामीको अवस्था नाजुक बनेको अस्पतालको भनाइ छ ।
उपचारमा संलग्न डा. कुशल कार्कीले चौधरीको दायाँ मृगौलामा पत्थरी देखिएको बताए । कान्तिपुरमा खबर छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।