पञ्जावविरुद्ध १५ छक्का हानेको मुम्बई ८ विकेटले विजयी

दशौं आइपिएलमा अहिलेसम्मकै सबैभन्दा प्रभावशाली ब्याटिङ गरेको मुम्बई इन्डियन्सले २७ बल खेल्न बाँकी रहँदै घरेलु किङ इलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ।

timthumb-2-20

 जस बटलर र पार्थिव पटेलको जोडीले ब्याटिङ पावर प्लेमा कीर्तिमानी ८१ रनको साझेदारी गरेपछि मुम्बईले पहिलो इनिङमा पञ्जावका हासिम अमलाले बनाएको १ सय ४ रनको सतकीय साझेदारीलाई ओझलमा पारेको थियो।

मुम्बईले आइपिएलमा पहिलो पल्ट पावर प्लेमा सर्वाधिक रन जोड्ने क्रममा ६ ओभरमा १ विकेट गुमाउदै ८२ रन बनायो। आजको खेलमा मुम्बईको तर्फबाट बटलर मात्र होइन, नितेश राणाले पनि अविस्मरणीय ब्याटिङ गरे। उनले मोहित शर्माको १५ ओभरको तेस्रो बलमा छक्का लगाउदै आफ्नो टोलीलाई सहज विजय दिलाए।

राणाले ७ छक्काको सहयोगले ३४ बलमा अविजित ६२ रन बनाएका थिए। आइपिएलमा उनको यो चौथो अर्धसतक थियो। यसअघि उनले बटलरसँग मिलेर दोस्रो विकेटका लागि २९ बलमा अर्धसतक बनाएका थिए। यिनीहरुले ८५ रनको साझेदारी गरेका थिए।

बटलरले ५ छक्का र ७ चौकाको सहयोगले ३७ बलमा ७७ रन बनाएका थिए। हार्दिक पाण्ड्याले १५ रन बनाउने क्रममा राणासँग तेस्रो विकेटका लागि अविजित ३३ रनको साझेदारी गरेपछि मुम्बईले १५ दशमलव ३ ओभरमा २ विकेट गुमाउदै १ सय ९९ रन बनाएको थियो।

यसअघि पहिलो ब्याटिङ गरेको पञ्जावले अमलाको ६० बलमा ६ छक्का र ८ चौकाको सहयोगले बनाएको १ सय ४ रनको अविजित इनिङका कारण ४ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो। पञ्जावका कप्तान ग्लेन म्याक्सवेलले पनि ३ छक्का र ४ चौकाको सहयोगले १८ बलमा ४० रन बनाएका थिए।

यो पुरै इनिङमा २४ छक्का लागेको थियो। जसमा मुम्बईले १५ र पञ्जावबाट ९ छक्का लागेको थियो। म्यान अफ दि म्याच जस बटलर घोषित भए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति