पञ्चायती व्यवस्थाको पुनरावृत्ति गराउन लागे: डा. बाबुराम भट्टराई

Dr-Baburam_Bhattaraiकाठमाडौं, ८ चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पुराना दलहरुले मुलुकमा पञ्चायती व्यवस्थाको पुनरावृत्ति गराउन लागेको आरोप लगाएका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको सरकारी निवास बालुवाटारमा भेटघाट पछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले उक्त कुरा बताएका हुन् । स्थानीय निकाय निर्वाचन ऐन-२०७३ को दफा ५३७ मा भएको व्यवस्थाअनुसार निर्वाचन आयोगमा दर्ता भएका पार्टीहरुलाई निर्वाचन चिन्हबाट वञ्चित गरी स्वतन्त्र निर्वाचन चिन्ह लिनुपर्ने बाध्यता सिर्जना गरेको भन्दै उनले यसलाई पञ्चायती व्यवस्था पुनरावृत्ति गर्ने प्रयासको संज्ञा दिए ।

‘लोकतान्त्रिक व्यवस्थाको विपरित आगामी निर्वाचनमा सहभागी हुने दलहरु जो संसदमा छैनन् उनीहरुलाई चुनाव चिह्नसहित निर्वाचनमा भाग लिन नदिने प्रावधान राखिएको रहेछ,’ उनले भने, ‘यसअघि संसदमा भएका पार्टीहरुले मात्र चुनाव चिन्हसहित चुनाव लड्न पाउने र अरुले स्वतन्त्ररुपमा चुनाव लड्नुपर्ने भन्ने  रहेछ, यो निर्दलीय व्यवस्था अथवा पञ्चायती व्यवस्थाको पुनरावृत्ति हुन जान्छ ।’  उनले यस्तो व्यवस्था लोकतान्त्रिक व्यवस्थाको विरुद्ध हुन जाने तर्क गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले यस्तो प्रावधानले कुनै नयाँ दल अगाडि आउन सक्ने सम्भावना सधैंका लागि रोकिने जिकिर गरे । उनले भने, ‘यो अत्यन्त गम्भीर विषय भएकोले यस विषयमा हामीले निर्वाचन आयोग र प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका छौं ।’ उनले तत्काल अध्यादेश अथवा संविधान संशोधनमार्फत उक्त त्रुटि सच्याउन अनुरोध गरेको जानकारी दिए ।

‘हाम्रो दृढतापूर्वक माग के छ भने तत्काल संविधान संशोधन गरेर अध्याधेशमार्फत वा संसदबाट संविधान संशोधन गरेर यो त्रुटिलाई सच्याइनुपर्छ,’ उनले भने, ‘नत्र भने निर्वाचनको वातावरण बन्दैन ।’ उनले सरकारको यस्तो प्रयासले चुनाव नगर्ने षड्यन्त्रको प्रतिनिधित्व गर्ने दावी गरे । उनले भने, ‘सरकारले चुनाव घोषणाचाहि गर्ने तर चुनाव नगर्ने दिशातिर जान लागिरहेको त होइन ? भन्ने शंकालाई थप पुष्टि यसले गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू