बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै उच्च कारोबार भएको छ । पछिल्लो समय शेयरबजार सुधारको बाटोमा जाँदा बिहीवार रू। २ अर्ब ७८ करोडभन्दा बढीको कारोबार भयो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रजिता बुढाथोकीले लेखेकी छिन् ।
यस अघि २०७३ साउन ११ गते रू। २ अर्ब ७५ करोड बराबरको कारोबार भएको थियो । नेप्सेको इतिहासमा दैनिक कारोबार यसरी २ अर्बभन्दा बढी नाघेको यो १९औं पटक हो ।
बिहीवार नेप्सेमा १८० कम्पनीको ५८ लाख २९ हजार ५१० कित्ता शेयरको किनबेच भयो । साथै, नेप्से परिसूचक पनि २२ महीना यताकै उच्च १ हजार ४३४ दशमलव ५७ विन्दुमा पुग्यो । यसअघि २०७५ वैशाख ९ गते नेप्से परिसूचक १ हजार ४३८ दशमलव ४९ विन्दु रहेको थियो । त्यसयता, निरन्तर ३ वर्षभन्दा बढी ओरालो लागेको धितोपत्र बजारमा पछिल्लो केही समययता उकाले लाग्ने क्रममा छ ।
बिहीवार कारोबारको सबैभन्दा ठूलो अंश शिवम् सिमेन्टले ओगटेको छ । शिवम्को २ लाख ५६ हजार ९०२ कित्ता शेयरको किनबेच हुँदा रू। १७ करोड २ लाख १३ हजार बराबरको कारोबार भएको छ ।
काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू
माघ २५,काठमाडौँ । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)
बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत
काठमाडौँ, असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार
भदौ २५ ,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन
२१ भदौ २०८०, बिहिबार हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण