नेपाल वायुसेवा निगमका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

काठमाडौं, असोज १०: नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् ।

विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले जानकारी दिए । निगमको तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरेर पारिश्रमिक दिने निधो गरिएको उनको भनाइ छ । नेपाल वायुसेवा निगमका कर्मचारीहरू गत असार १८ गतेदेखि आन्दोलनरत छन् ।

झन्डै २ साताको प्रयासपछि शुक्रवारको छलफलमा कर्मचारीले रोकिएको तलब पाउने निर्णय भएको उनले बताए । ‘कर्मशील एवं इमानदार कर्मचारीको जीवन निर्वाहमा कठिनाइ परिरहेको अवस्थालाई ध्यानमा राखेर हालसम्मको सम्पूर्ण पारिश्रमिक भुक्तानी दिने निर्णय गरिएको छ,’ उनले भने, ‘सो निर्णयअनुसार आन्दोलनरत कर्मचारीले पनि पारिश्रमिक पाउनेछन् ।’

निगमलाई कम्पनी मोडलमा सञ्चालन गर्ने तयारी हुँदै गर्दा त्यहाँ कार्यरत कर्मचारी आन्दोलित बनेका हुन् । निगमलाई कम्पनी मोडलमा लैजान नहुने मागसहित आन्दोलन थालेको झन्डै ३ महीना बितिसक्दा समेत सहमतिको टुंगो लागेको छैन । आन्दोलन स्थगित गर्न बसेका भएका छलफल निष्कर्षविहीन बनेका छन् । कर्मचारीको आन्दोलनका कारण निगमले चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम समेत पारित गर्न सकेको छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण