नेपाल र भारतबीच गठित प्रबुद्ध समूहको बैठकमा यस्ताे प्रस्ताव

२२ असोज, काठमाडौं : नेपाल र भारतबीच गठित प्रबुद्ध समूह (ईपीजी)को बैठक सम्पन्न भएको छ ।

EPG-meeting-1काठमाडौंमा शनिबार र आइतबार भएको पाँचौं बैठकमा द्विपक्षीय सम्बन्धका विभिन्न आयाम, यसअघि दुई देशबीच गरिएका सन्धि–सम्झौताको पुनरावलोकनलगायत विषयमा छलफल भएको थियो ।

यद्यपि, कुनै विषयमा पनि ठोस सहमति भने बनिनसकेको नेपाली पक्षका संयोजक डा. भेषबहादुर थापाले बताए । बैठकमा भारतीय पक्षले सीमा नियमन ब्यवस्थित गर्न चेक प्वाइन्टहरुमा अभिलेख राख्ने प्रणाली विकास गर्नुपर्नेमा जोड दिएको छ ।

बैठकमा सुरक्षा, जलस्रोत, द्विपक्षीय जनजीवनका बारेमा प्रशस्त छलफल भएको डा. थापाले जानकारी दिए । नेपाली पक्षले निकै जोड दिएको सन् १९५० को मैत्री सन्धि पुनरावलोकनका विषयमा भने यस पटक खासै धेरै छलफल भएन ।

अर्को बैठक आगामी नोभेम्वरको ११ र १२ मा भारतको नयाँ दिल्लीमा गर्ने निर्णय गरिएको छ । बैठकमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरु नीलाम्बर आचार्य, सूर्यनाथ उपाध्याय र डा. राजन भट्टराई थिए भने भगतसिंह कोसियारीको नेतृत्वमा रहेको भारतीय पक्षको अरु सदस्यमा डा. बिसी उप्रेती र महेन्द्र पी लामा थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने