May 2, 2020

नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा सीमा क्षेत्रमा कोरोनाको जोखिम उच्च

नेपाल र भारतका नागरिक लुकिछिपी आवतजावत गर्दा तराईका सीमावर्ती क्षेत्र कोरोना भाइरस संक्रमणको ‘हट स्पट’ बन्ने जोखिम देखिएको छ। सीमावर्ती जिल्लाहरू उच्च जोखिममा रहेकाले स्थानीय बासिन्दाले बढी सतर्कता अपनाउनुपर्ने विज्ञहरूको सुझाव छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

सरकारले कोरोना भाइरसबाट सम्भावित संक्रमित पहिचानका लागि परीक्षणको दायरा विस्तार गरेसँगै सीमावर्ती क्षेत्रमा बढी संक्रमित भेटिएका छन्। प्रदेश ५ को सीमावर्ती रुपन्देही र बाँके जिल्लामा शुक्रबार दुई जना पुरुषमा संक्रमण पाइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अन्नपूर्णसँग भने, ‘सीमावर्ती क्षेत्रमा संक्रमणका केस बढी देखिन थालेका छन्। दुई देशबीचको नाका क्षेत्र जोखिमयुक्त छ।’

नेपाल र भारतबीच १ हजार ७ सय ५१ किलोमिटर खुला सीमा छ। भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। त्यहाँ संक्रमितको संख्या ३५ हजार नाघेको छ। संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ४७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण