काठमाडौ ,भदौ ३, नेपाल सरकार र बेलायत सरकारका प्रतिनिधिहरुबीच जीटूजी मोडलको श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।
नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर दिने गरी नेपाल र बेलायतबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो ।
बेलायतको ‘डिपार्टमेन्ट अफ हेल्थ सर्भिस’ र ‘नेसनल हेल्थ सर्भिस’का प्रतिनिधिका साथै काठमाण्डौमा रहेको बेलायती दूतावासका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच विभिन्न चरणमा छलफल भई श्रम समझदारी पत्रको मस्यौदा तयार भएको हो ।
बेलायतले २० देखि ४५ वर्ष उमेर समूहका स्टाफ नर्स, बिएस्सी नर्सिङ र एमएस्सी नर्सिङ गरेकाहरूलाई लैजांदै छ । बेलायतमा रोजगारीका लागि जाँदा श्रमिकले कुनै पनि शुल्क तिर्न नपर्ने गरी श्रम समझदारी हुने तयारी भैरहेको छ।
सरकारले जीटूजी मोडलमा कोरिया र इजरायलमा पनि नेपाली श्रमिक पठाइरहेको छ।यो मोडलमा कुनै पनि तेस्रो पक्षको सहभागिता हुने छैन।नेपाल र बेलायतबीच जीटूजी (सरकार–सरकारबीचको समझदारी) मोडलमा नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने गरी समझदारी हुने छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।