नेपाल छिरेकै हुन् त राम रहीमकी ‘हनी’ ?

88062296912345काठमाडौं । भारत हरियाणाका तथाकथित साधु बाबा राम रहीम आफ्नो आश्रम डेरा सच्चा सौदाका साध्वीहरूको यौन शोषण गरेको आरोपमा जेलमा बन्द छन् । तर उनकी छोरी भनिँदै आएकी र कतिपयले छोरी होइन भनी चित्रण गर्ने गरिएकी हनीप्रीत इन्सान कहाँ छन् भन्ने सवाल रहस्यपूर्ण बन्दै गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार देशका विभिन्न भागमा हनीप्रीतको खोजी गर्दै छापा मारिएको भए पनि उनको अवस्था अझै अज्ञात छ । भारतीय सञ्चार माध्यमले हनीप्रीतलाई जोगाउन हरियाणा प्रहरी नै जिम्मेवार रहेको आरोप लगाएका छन् । आजतक टेलिभिजनले हरियाणा प्रहरीको सहयोगमा हनीप्रीत भागेको दाबी गरेको छ । हनीप्रीतलाई पछिल्लोपटक राम रहीमलाई दोषी ठहर्याइँदाको दिन २५ अगस्तमा राम रहीमसँगै सुनारिया जेलसम्म जाँदै गरेको देखिएको थियो । तर त्यसपछि हनीप्रीत कता लागिन् प्रहरीसमेत आश्चर्यमा छ ।

हनीप्रीतमाथि बाबा राम रहीमलाई भगाउन षड्यन्त्र रचेको आरोप प्रहरीले लगाएको छ । २५ अगस्तका दिन राम रहीमविरुद्ध फैसला भएपछि राम रहीमलाई अदालत परिसरबाटै भगाउन हनीप्रीतले हेलिकोप्टर तयार पारेको र सँगै दंगा भड्काउने कोसिस गरेको प्रहरीको आरोप छ । यसै आरोपमा हरियाणाको पञ्चकुला प्रहरीले हनीप्रीतको खोजी गर्दै लुकआउट नोटिस जारी गरेको छ । 

पञ्चकुलाका पुलिस कमिस्नर एएस चावलाले सञ्चार माध्यमसँग भनेका छन्, ‘‘राम रहीमलाई भगाउन खोज्ने व्यक्तिहरूविरुद्ध एफआईआर दर्ता गरिएको छ । ती व्यक्तिहरूसँग सोधपुछ गर्दा यो प्रकरणमा यदि हनीप्रीतको समेत संलग्नता पाइयो भने उनीमाथि कारवाही हुन्छ ।’’

कुनै बेला बाबा राम रहीमसित जतिखेर पनि साथसाथै देखिने र सिँगारिएर क्यामराका अगाडि प्रस्तुत हुन रुचाउने हनीप्रीतलाई अहिले प्रहरी र सञ्चार माध्यम दुवैले खोजिरहेका छन्, तर क्यामराले सबैभन्दा बढी खोजिरहेका बेला उनीचाहिँ बेपत्ता छन् । 

भारतीय सञ्चार माध्यम भन्छन्, हनीप्रीत नेपाल भागिन् 

कतिपय भारतीय सञ्चार माध्यमले हनीप्रीत हरियाणाबाट भागेर नेपाल पसेको आशंका गरेका छन् । गुरमित राम रहीमलाई आफ्ना कुकृत्यका कारण कुनै बेला आफू पक्राउ पर्न सक्छु भन्ने कुरा पहिलेदेखि नै थाहा थियो । 

त्यसैले हनीप्रीत र राम रहीमले विदेशमा गएर लुक्ने गम्भीर योजना बनाएका थिए । दैनिक जागरणका अनुसार यसै कारण दुबई, क्यानडा, अमेरिका र सिंगापुर आदि देशमा डेराको नाममा जमिन किनिएको थियो, ताकि अप्ठ्यारो पर्नासाथ भागेर त्यहीँ बस्न सकियोस् । 

डेरा सूत्रलाई उद्धृत गर्दै सञ्चार माध्यमले लेखेका छन्, गुरमित जेल पर्दाबित्तिकै हनीप्रीत सिरसा डेरामा पुगेकी थिइन् । उनले आफ्नै निगरानीमा सिसिटिभी क्यामरा फुटाल्न लगाउनुका साथै त्यसको रेकर्ड डिलिट गर्न लगाएकी थिइन् । उनले डेरामा रहेको अपार रकमसमेत ठेगान लगाइन् र म्यानेजिंग कमिटीका विश्वासपात्रहरूलाई आगामी रणनीति बताएर भूमिगत भइन् ।

भारतीय सञ्चार माध्यमका अनुसार हनीप्रीतको खोजीमा भारतीय प्रहरीले व्यापक अभियान चलाइरहेको छ । शनिबार विहार पुलिस र नेपाल पुलिसबीच हनीप्रीतलाई खोज्नेबारे गम्भीर छलफल चलेको भारतीय सञ्चार माध्यमको दाबी छ । 

हनीप्रीतका सम्बन्धमा नेपालसँग सीमाना जोडिएका विहारका सातवटा जिल्लामा अलर्ट घोषित गरिएको भारतीय सञ्चार माध्यमले लेखेका छन् । भारतीय गुप्तचर निकायलाई उद्धृत गर्दै हनीप्रीत विराटनगरको बाटो नेपाल पसेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । दैनिक जागरणका अनुसार हनीप्रीतका बारेमा भारतीय दूतावास नेपाली राजदूतावासको सम्पर्कमा बसेको छ । 

हनीप्रीतको गिरफ्तारीका लागि हरियाणा पुलिसले ‘र’ र ‘आइबी’ आदि गुप्तचर संस्थाका साथै नेपाल पुलिससम्म सम्पर्क कायम गरेको छ, तर खासै परिणाम हात लाग्न सकेको छैन ।

तर नेपाल प्रहरीका प्रवक्ता डीआईजी मनोज न्यौपानेले यसबारेमा प्रहरीमा कुनै जानकारी नआएको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

मिटरब्याजी तथा सहकारी ठग राजकुमार श्रेष्ठ पक्राउ

 कात्तिक २८ ,काठमाडौं । सहकारी ठगीका अभियुक्त तथा खुंखार मिटरब्याजी राजकुमार श्रेष्ठ पक्राउ परेका छन्

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,