नेपाल–चीन सैन्य अभ्यासको मोडालिटी तयार पारिँदै

Nepal-China-Flag५ फागुन, काठमाडौं । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यासबारे छलफल भइरहेको छ । नेपाली पक्षले तयार पारेको मोडालिटीलाई अन्तिम रूप दिन चिनियाँ पक्षसँग छलफल गर्नुपर्ने भएकाले स्वीकृतिका लागि सो फाइल रक्षा मन्त्रालयमा पुगिसकेको छ ।

स्रोतका अनुसार संयुक्त सैनिक अभ्यासका लागि नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाका अधिकारीले अन्तिम धारणा बनाउने बारेमा नेपालमै बैठक अयोजना गर्ने तयारी भइरहेको छ । तयारी बैठककै लागि सेनाले रक्षा मन्त्रालयमा स्वीकृतिका लागि फाइल पठाएको हो । अाजको राजधानी दैनिकमा समाचार छ ।

 

सैनिक अभ्यासका लागि ‘प्रतिकार’ नाम दिइएको दुवै देशका उच्च सैनिक अधिकारी साझा रणनीति र कार्ययोजना बनाउन जुटेका छन् । अन्य मुलुकको सैन्य संरचनाभन्दा चिनियाँ सैन्य संरचना अलि फरक हुने भएकाले पनि दुवै पक्षले आन्तरिक तयारीमा जोड दिएका हुन् ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी ताराबहादुर कार्कीले अहिले नै सबै विषय टुंगो नलागिसकेको बताए । ‘तालिम सञ्चालनका लागि दुवै देशका सेनाबीच साझा धारणा बन्छ । तालिममा सहभागी हुने सैनिक संख्या, मिति, स्थान, अवधि, तालिमका क्षेत्रलगायत विषयमा अहिले छलफलकै क्रममा छ । अन्तिम टुंगो लागेपछि सार्वजनिक हुन्छ,’ सहायक रथी कार्कीले भने । उनका अनुसार प्लानिङ कन्फरेन्स बैठकले सबै विषय तय गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी