नेपाल इमर्जिङ कपको समूह चरणबाट बाहिरियो

Nep-vs-Bang-768x461१५ चैत, काठमाडौं । नेपालले एसीसी इमर्जिङ कप क्रिकेटमा बंगलादेशसँग ८३ रनको हार व्यहोरेको छ । र, लगातार दोस्रो हारसँगै समूह चरणबाटै बाहिरिएको छ ।

घरेलु टोली बंगलादेशले दिएको २५८ रनको लक्ष्य पछ्याएको नेपाल ४२।३ ओभरमा १७४ रन जोड्दा अलआउट भयो ।

नेपालको सुरुवात निकै खराब रहृयो । १६ रन जोड्दा सुरुवाति ३ विकेट गुमाएको थियो । दोस्रो ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमै आउट भए, जतिबेला टिमको स्कोर मात्र १ रन थियो ।अर्का ओपनर सुनिल धमला मात्र १ रनमा आउट भए भने आसिफ शेख पनि मात्र १२ रन बनाएर पभेलियन फर्किए ।

दिलिपनाथ र दिपेन्द्रको महत्वपूर्ण पारी

पहिलो पटक सिनियर टोलीबाट खेलिरहेका दिलिपनाथले दिपेन्द्रसिंह ऐरीसँग मिलेर नेपालको पारी सम्हाले ।

उनीहरुले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरे । ३० औं ओभरमा चौथो विकेटका रुपमा दिलिपनाथ ४१ आउट भए, जतिबेला टिमको स्कोर १४४ रन थियो ।

दिलिपनाथ र दिपेन्द्रको साझेदारी टुटेपछि नेपालले लगातार विकेट गुमायो । शरद भेषावकर मात्र २ रनमा आउट भए । छैटौं विकेटका रुपमा दिपेन्द्र सिंह ऐरी ५६ रनमा आउट भए । ८५ बलको सामना गरेका उनले ६ चौका हाने ।

थप ११ रन जोड्दा महबुब आलम पनि व्यक्तिगत १० रन जोडेर आउट भए । विनोद भण्डारीले केही आक्रामक सट खेल्ने प्रयास गरे र २३ बलमा ६ चौका र एक छक्कासहित ३३ रन बनाए ।

तर, ४० औं ओभरमा साइफ उदिनको शिकार बने । थप तीन ओभर खेल्दा नेपाली टोली अलआउट भयो । भुवन कार्की ६ रनमा आउट भए भने अभिनाश कर्ण १ रनमा रनआउट भए । सन्दिप लामिछाने ३ रनमा अविजित रहे ।

बंगलादेशका लागि रहतुल जावेदले ४ विकेट लिँदा सइद उद्धिनले ३ र अबुल हसन राजुले २ विकेट लिए ।

बलिङमा राम्रो सुरुवात, तर…

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालले सुरुवाती ५ ओभरमा १५ रन जोड्दा बंगलादेशको महत्वपूर्ण ३ विकेट लिएको थियो । तीनै विकेट अभिनाशले लिएका थिए ।

११औं ओभरको अन्तिम बलमा महबुब आलमले नेपालका लागि चौथो सफलता दिलाउँदा घरेलु टोलीको स्कोर मात्र ३३ रन थियो ।

तर, मोनिनुल हक र नासिर हुसेनले बंगलादेशको पारी सम्हाले । पाँचौं विकेटका लागि ७८ रनको साझेदारी गरेका मोमिनुल हक व्यक्तिगत ६१ रनमा आउट भए ।

त्यसपछि बंगलादेशले एकपछि अर्का विकेट त गुमायो तर, नासिरले एउटा एण्डमा बसेर पारी सम्हाले । उनले नवौं विकेटका रुपमा अबुल हसन राजुसँग ७६ रनको साझेदारी गरे, जुन नेपालका लागि घातक बन्यो ।

बंगलादेशले पुरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा २५७ रन बनायो । हुसेन नेपालविरुद्ध शतक मात्र बनाएनन्, १०९ रनमा अविजित रहे ।

नेपालका अविनाशले ३ विकेट लिए भने सन्दिपले २ विकेट लिँदा ज्ञानेन्द्र मल्ल, महबुब आलम र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति