August 31, 2016

नेपाली सेनाको आवश्यकता अनुसार पुनःसंरचना हुन्छ : खाँड

download (5)१५ भदाै, चितवन  । नेपाली सेनाको आवश्यकता अनुसार पुनःसंरचना हुने रक्षामन्त्री   बालकृष्ण खाँडले बताएका छन् ।  चितवन पुगेका मन्त्री खाँडले बुधबार यहाँ पत्रकारसँगकाे भेटमा कुरा गर्दै यस्ताे वाताएका हुन् ।

 पत्रकारसँग कुरा गर्दै खाडले भने, नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुन्छ । त्यसबारेमा अध्ययन र छलफल भइरहेको छ।’ उनले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकताका लागि पुर्याएको भूमिका महत्वपूर्ण रहेको बताएका छन्  । यस्तै खाडले संविधान संशोधन गरी मधेसवादी दलको मागलाई सम्बोधन गरिने र त्यसका लागि सरकारले गृहकार्य सुरु गरिसकेको समेत वताएका छन् ।

मधेसवादी दलले राखेका मागको सम्बोधनपछि मात्र उनीहरु सरकारमा आउने वा नआउने टुङ्गो लाग्ने पनि मन्त्री खाँडले बताए। संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले स्थानीय निकायको निर्वाचन समयमा नै हुने बताए। संविधान निर्माणमा जुटेका तीन ठूला दल संविधान कार्यान्वयनमा पनि एक हुने विश्वास उनले व्यक्त गरे। राज्य पुनःसंरचना गर्दा स्थानीय निकायको केन्द्रमा पुग्न बास बस्नुपर्ने अवस्था आउन नहुने र सानो भएर खर्च नधान्ने पनि हुन नहुने उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक