नेपाली फुटबल टोली फिलिपिन्सको यात्रामा निस्कदै

Kamal-Shrestha-Nepal

काठमाडौं – फिलिपिन्सविरुद्ध बुधबार हुने खेलका लागि नेपाली फुटबल टोली आज राती त्यसतर्फ प्रस्थान गरेको छ । त्रिभुवन विमानस्थलबाट मनिलाको लागि उडेको टोली हङकङ हुँदै त्यहाँ पुग्नेछ । नेपाल र फिलिपिन्सबीच बुधबार एएफसी एसियन कप छनोटको समूह चरणको पहिलो खेल हुँदैछ । खेल रिजाल रंगशालामा हुनेछ ।
जापानी प्रशिक्षक ग्यातुको कोजीको प्रशिक्षणमा रहेको २० सदस्यीय टोलीको कप्तान विराज महर्जन रहेका छन् ।

मुख्य प्रशिक्षक कोजीले फिलिपिन्स नेपालभन्दा स्तरीय टोली भएपनि जितका लागि प्रयास गर्ने बताएका छन् । मैत्रीपूर्ण खेल विना फिलिपिन्ससँग खेल्नुपर्दा केही कठिनाई भने पक्कै हुने उनको अनुमान छ । कप्तान विराज महर्जनले सके जित नत्र कम्तीमा बराबरी गर्ने लक्ष्यका साथ टोली यात्रामा निस्कन लागेको बताएका छन् ।

कात्तिकको अन्त्यमा एएफसी सोलिडारिटी कप जितेको र ग्वामले भाग लिन नपाउने भएपछि नेपालले फेरी एकपटक एसियन कप छनोट खेल्ने अवसर पाएको हो । झन्डै ५ महिनापछि नेपाली टोली मैदान उत्रने तयारीमा छ । समूह एफमा नेपाल र फिलिपिन्ससहित यमन र ताजकिस्तान रहेका छन् ।

नेपाली राष्ट्रिय फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ

रक्षक– डिफेन्समा विराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, रन्जित धिमाल, जितेन्द्र कार्की

मिडफिल्ड – रोहित चन्द, विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अञ्जन बिष्ट र सुजल श्रेष्ठ

फरवार्ड – विमल घर्तीमगर, भरत खवास, रन्जन विष्ट र कर्ण लिम्बू

प्रशिक्षक टोली – प्रशिक्षक ग्यातोकी कोजी (मुख्य) , राजुकाजी शाक्य (प्रशिक्षक), उज्ज्वल मानन्धर (गोलकिपिङ प्रशिक्षक)

व्यवस्थापक – विराटजंग शाही

चिकित्सक – राजु डंगोल

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा