March 24, 2017

नेपालीले चाहेजस्तो विकास होस् : चाङ वानक्वान

चैत ११,काठमाडौं – चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल चाङ वानक्वानले नेपालीले चाहेजस्तो विकास र आवश्यकताका लागि सधैँ नजिकबाट सहयोग गर्ने बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र रक्षामन्त्री बालकृष्ण खाणसँगको छुट्टाछुट्टै भेटमा चाङले नेपालमा शान्ति, प्रगति र विकास भएको चीनले देख्न चाहेको पनि स्पष्ट पारेका छन् । यो खबर आजको नयाँ पत्रिकामा छ ।

‘हामी नेपालमा शान्ति, प्रगति र विकास भएको देख्न चाहन्छौँ,’ चिनियाँ रक्षामन्त्री चाङको भनाइ उद्धृत गर्दै रक्षा मन्त्रालयले भन्यो, ‘हामी नेपालीको हित चाहन्छौँ । साथै नेपाली जनताले चाहेजस्तो विकास होस् भन्ने हाम्रो सद्भाव छ ।’

तीनदिने औपचारिक भ्रमणमा बिहीबार नेपाल आएका चिनियाँ रक्षामन्त्री चाङले दुई देशको सम्बन्ध नङ र मासुजस्तो रहेको र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय तहमा पनि सम्बन्धले राम्रो प्रभाव पारेको बताएका छन् । उनले संयुक्त राष्ट्रसंघको शान्ति प्रयास, विकास निर्माण र विपत् व्यवस्थापनमा नेपाली सेनाको भूमिका बढाउन आवश्यक सहयोग गर्नेसमेत रक्षामन्त्री चाङले आश्वासन दिएका छन् । नेपाल र नेपाली सेनालाई चीनले दिँदै आएको सहयोगमा निरन्तरता हुने पनि उनको भनाइ छ ।

एक चीनप्रति नेपाल दृढ : प्रधानमन्त्री प्रचण्डले चिनियाँ रक्षामन्त्री चाङसँगको भेटमा एक चीन नीतिप्रति नेपाल दृढ रहेको र तिब्बत तथा ताइवानविरोधी गतिविधिलाई नेपालले सधैँ विरोध गर्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री प्रचण्डले चीनले अघि सारेको वान बेल्ट वान रोड परियोजनाको साझेदार बन्न नेपाल इच्छुक रहेको धारणा राखेका पनि प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीको भनाइ थियो, ‘नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासमा चीनको सहयोग महत्वपूर्ण रहँदै आएको छ र यो रहन्छ ।’ सचिवालयका अनुसार प्रधानमन्त्रीले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच विकसित सम्बन्धप्रति सन्तोष व्यक्त गरेका थिए ।

रक्षामन्त्री जनरल चाङले प्रधानमन्त्रीलई चीन भ्रमणको सफलताको कामनासमेत गरेका छन् । उनले एक चीन नीतिप्रति नेपालको प्रतिबद्धता र वान बेल्ट वान रोडमा सहभागिताका लागि देखाएको रुचिको सराहना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली नेपाल फिर्ता

काठमाडौँ, फागुन ११ गते । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ जना नेपालीलाई अमेरिकाले नेपाल

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

पाउने भए नेपालीले हङ्गकङ्गमा वर्किङ्ग भिसा

कार्तिक १०, काठमाण्डौं । चीनको प्रशासनिक क्षेत्र हङ्गकङ्गका प्रमुख कार्यकारी जोन लिले आप्mनो नीतिमा नेपाल,

दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ : चिनियाँ प्रधानमन्त्री

बेइजिङ,  असोज ८ गते ।  चिनियाँ प्रधानमन्त्री लि छ्याङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण

लुम्बिनीको तथ्य र सत्यको  विषयमा विश्वको ध्यान पुग्नु जरुरी: ओली

 २०८० वैशाख २२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धार्थ गौतम बुद्धको जन्मस्थल