नेपालीको शिरमा गोली ठोक्ने आदेश मोदीबाटै आएको हो त

IMG_0877काठमाडौं, भारतीय एसएसबीले बिहीबार कञ्चनपुरमा नेपालीमाथी गोली प्रहार गर्यो । यसले यतिबेला नेपालीजनहरुमा आक्रोसको भेल निम्तिएको छ ।

पटक/पटक नेपालीको स्वाभिमानमा प्रहार गर्दै आएको भारतले यसपटक नेपालीको शिर ताक्यो । यो अत्यान्तै निन्दनिय कार्य रहेको आम नेपालीको बुझाई छ । आखिर भारतीय एसएसबीलाई नेपालीको शिर ताक्ने आदेश कहाँबाट आयो ? यस प्रश्नको आज सारा नेपालीहरुले उत्तर खोजी रहेका छन् । यतिबेला प्रचण्ड सरकार शहिद घोषणा गरेर उम्कने चेष्टा गरिरहेको छ । यसले नेपालीमा झन आक्रोस निम्ताएको छ । आम नेपालीले किन चल्यो गोली ? त्यो आदेश कसको थियो ? प्रधानमन्त्रीले भारतीय प्रम नरेन्द्रदास मोदीलाई सोध्नुपर्नेमा जोड दिइरहेका छन् । तर सरकार निर्य जस्तै बनेको छ ।

 पछिल्ला खबरहरुका अनुसार कञ्चनपुरमा गोली चल्दा मोदी दुःखी भएका खबर कतिपय संचारमाध्यमा आएका छन् । समाचारमा जनाइए अनुसार मोदीले घटनाको शीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्ने प्रतिबद्धता गर्ने बताएका खबर छन् तर मोदीले हालसम्म आफ्ना दोषि सुरक्षबलका अधिकारीलाई अझै बर्खास्त गरेका छैनन् । के गोली चलाउने आदेश मोदीकै हो त ? होइन भने मोदी किन चुप । आम नेपाली जनताको प्रश्न यही छ ।

सरकारले कञ्चनपुर घटनापछि काठमाडौंस्थित भारतीय कार्यवाहक राजदूतसँग स्पष्टीकरण सोधेको बताइएको छ । परराष्ट्रसचिव शंकरदास बैरागीले भारतीय कार्यवाहक राजदूत विनयकुमारलाई मन्त्रालयमै बोलाएर भारतीय सुरक्षाकर्मीले नेपाली भूमिभित्र प्रवेश गरी गोली हानेर नेपाली नागरिकको हत्या गरेकोमा भर्सना गरेको खबर छ खोइ त नेपाल सरकारले प्रभावकारी ढंगले आफ्ना नागरिक भारतीय पक्षबाट मारिदा बोलेको ? नेपाली मर्दा राज्य चुप लाग्छ भने नेपालमा नागरिकले सरकारविहिनताको महसुश कहिलेसम्म गर्ने ? आम नेपालीको प्रश्न ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी