नेपालीको क्रिकेट क्रेजः त्रिबि मैदानमा

NEPAL-VS-KANYA-1२८ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसीप क्रिकेटअन्तर्गत नेपाल र केन्या त्रिबि क्रिेकट मेदानमा भिडिरहेका छन् । यसअघिका अन्तर्राष्ट्रिय म्याचमा जस्तै आज पनि खेल हेर्न आउने दर्शकको सहभागिता थेगिसक्नु छैन ।

घरेलु टोलीलाई उत्साह दिन र अन्तर्राष्ट्रिय खेलको मज्जा उठाउन त्रिबि क्रिकेट मैदानमा हजारौं दर्शक पुगेका छन् । मैदानभित्र मात्रै हैन, बाहिरबाट पनि म्याच हेर्न दर्शकको साथ नेपाली टोलीले पाएको छ । रुखमै चढेर पनि दर्शकहरु खेल हेरिरहेको दृश्यले एशोसियट क्रिकेट खेल्ने नेपालमा क्रिकेट क्रेज कति छ रु भन्ने प्रष्ट्याउँछ ।
बर्षाको पनि पर्वाह नगरी घरेलु दर्शकहरु आफ्नो टोलीको प्रदर्शन उकास्न उत्साह थपिरहेका छन् । क्रिकेटमा मैदानमा खेल्ने ११ खेलाडी जति सशक्त भूमिकामा हुन्छन्, टोलीलाई सर्पोट गर्न रंगशालामा आएका दर्शकको पनि उत्तिकै महत्व हुन्छ भन्ने मानिन्छ । त्यसैले दर्शकलाई मैदानको ‘१२ औं खेलाडी’ भनिन्छ ।NEPAL-VS-KANYA-9

आज पनि नेपाली टोलीले घरेलु दर्शकले ‘नेपाल(नेपाल’ भन्दै उत्साह थपिरहेका छन् । यसले पाहुना टोलीलाई पनि मनोवैज्ञनिक दबाव बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)