June 11, 2020

नेपालमा सलहको खतरा टर्‍यो 

जेठ २९, messenger sharing button
sharethis sharing button

काठमाडौं – भारतबाट नेपालमा छिर्ने भनिएको सलह कीराको खतरा तत्कालका लागि टरेको कार्यदलले सुझाव दिएको छ ।

भारत हुँदै नेपालको पश्चिमी सीमाबाट सलह कीरा छिर्ने सम्भावना देखिएको हुनाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गठन गरेको प्राविधिक कार्यदलले बुझाएको प्रतिवेदनमा सो सुझाव उल्लेख छ । मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह कीराका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल यसको प्रवेश नहुने निष्कर्ष निकालेको छ ।

सलह कीराको नेपाल प्रवेशबारे अध्ययन गर्न मन्त्रालयले गठन गरेको कार्यदलका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार नेपालमा मनसुनी वर्षा सुरु भएको हुनाले तत्काल सलह कीरा नेपाल प्रवेश गर्न सक्दैन । 

केन्द्रका प्रमुख हुमागाईंले मनसुनी वर्षाका कारण सलह कीराको बथान सानासाना टुक्रामा विभाजित भएको र हावाको बेग पूर्वबाट पश्चिमतिर भएको हुनाले पनि भारतबाट पश्चिम सीमाबाट नेपाल भित्रिने सम्भावना निकै न्यून रहेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

भूकम्प पीडितलाई नबिल बैंकको एक करोड सहयोग

बैंकका प्रमुख बजार अधिकृत कृष्ण सुवेदी सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्मालाई पहिलो चरणको राहत

आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने जाने

काठमाडौँ,  असोज १८ गते । विगत पाँच दिनदेखिको लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिकरुपमा सुधार

सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन स्थानीय तहलाई परिपत्र

 भदौ २५ ,काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संघीय मामिला तथा समान्य प्रशासन

मानवकेन्द्रित विश्वव्यापीकरण

 २१ भदौ २०८०, बिहिबार   हाम्रो जी–२० अध्यक्षताले विभाजन हटाउन, अवरोध भत्काउन र सहकार्यको बिजारोपण