May 12, 2020

नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ

कोरोनाभाइरस संक्रमित ‘एक्टिभ केस’को संख्यामा नेपालले चीनलाई उछिनेको छ । मंगलबार नेपालमा उकै दिन ५७ जना संक्रमित देखिएसँगै नेपालमा कूल संक्रमितको संख्या १९१ पुगेको छ । यीमध्ये ३३ जना निको भएर घर फर्किसकेका छन् । अहिले नेपालमा ‘एक्टिभ केस’ १५८ जना छन् ।

भाइरसको इपिसेन्टर चीनमा सुरुवाती चरणमा ठूलो संख्यामा स.क्रमण देखिएको थियो । यद्यपि अहिलेसम्म आइपुग्दा चीनले धेरै संक्रमितलाई निको पारिसकेको छ । मंगलबार दिउँसोसम्ममा चीनमा एक्टिभ केसको संख्या ११५ मात्र छ । यो नेपालको एक्टिभ केसको संख्या भन्दा ४३ कम हो ।

नेपालमा मंगलबार अहिलेसम्मकै उच्च संख्यामा एकै दिन संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पर्सामा मात्रै ३९ जना थपिएका छन् । थपिएका संक्रमित सवै पुरुष हुन् । कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै, नेपालमा संक्रमित संख्या १९१ पुगेको छ । यस मध्ये ३३ जना बिरामी निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल