नेपालमा युरो-४ स्ट्याण्डर्डको तेल, पहिलेकोभन्दा के फरक ?

petrol_pump१९ चैत, काठमाडौं । नेपालमा औपचारिक रूपमै युरो-४ स्ट्यान्डर्ड डिजेल-पेट्रोलको बिक्री सुरु भएको छ । भारतले आफ्नो देशमा आजैबाट पूर्णरुपमा युरो-फोरको तेल बिक्री सुरु गर्दैछ । त्यसैकारण एक महिनाभन्दा अघिदेखि नेपालमा पनि अनौपचारिक रूपमा यूरो मापदण्डको तेल आउँदै थियो ।

यसअघि नेपालमा भारतबाट युरो-थ्री स्ट्याण्डर्डको तेल मात्रै आउने गरेको थियो । भारतले आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा युरो-फोर मापदण्डको तेल प्रोशोधन गर्न सुरू गरेकाले नेपालले पनि त्यसको लाभ पाउन लागेको हो ।

भारतले सन् २०२० बाट युरो-सिक्स मापदण्डको तेल प्रशोधन गर्ने योजना बनाएको छ । अहिले देशभरका कच्चा तेलको प्रशोधन केन्द्रमा उसले युरो-फोर स्तरको तेल उत्पादन गर्न सुरू गरेको छ ।

के फरक छ यो तेलमा 

सवारीको धुवाँलाई कम गर्न सहयोगी हुने युरो-फोर गुणस्तरको तेलले न्यून परिमाणमा प्रदूषण उत्सर्जन गर्छ । यो सवाीका कारण हुने प्रदुषण घटाउन पनि प्रभावकारी हुनेछ ।

युरो-फोर मापदण्डको इन्धनमा सल्फरको कम हुन्छ । जसका कारण सवारीसाधनको कार्य क्षमता पनि बढ्छ भने प्रदुषण पनि यसले कम गर्न मद्दत गर्छ ।

यसले तेलकै कारण सवारीको इञ्जिनमा पर्ने असर पनि हटाउँछ र इञ्जिनको आयु पनि बढाउन सहयोग गर्छ । महत्वपूर्ण कुरा, युरो फोर मापदण्डको तेलमा ४० पीपीएमको सल्फर हुन्छ । जुन अहिले प्रयोगमा रहेको पेट्रोलमा १५० र डिजेलमा ३५० पीपीएम हुन्छ । सल्फरको मात्रा कम हुनु नै यसको महत्वपूर्ण विशेषता हो ।

भारतले केही समय अघिबाटै आफ्ना महत्वपूर्ण शहरहरुमा युरो-फोर गुणस्तरको तेलको बिक्री थालिसकेको थियो । नेपालले भारतबाट मात्रै पेट्रोलियम पदार्थ आयात गर्ने गरेको छ । वर्षमा झण्डै १ खर्ब रुपैयाँभन्दा बढीको तेल आयात हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी