नेपालमा थप तीन जना कोरोना संक्रमित फेला परेका छन् । पर्साको वीरगञ्जमा रहेका तीनजना भारतीय नागरिकमा कोरोना पुष्टी भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ ।
प्रयोगशालाका अनुसार टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। यसअघि हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएपछि पुनः जाँचका लागि राष्ट्रिय प्रयोगशाला पठाइएको थियो।
संक्रमित तीनसहित नेपाल आएका २४ भारतीय नागरिक र केही नेपालीको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो।
नेपाल भारतमा जारी लकडाउनकाबीच सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु १३ दिनदेखि वीरगञ्जमै बस्दै आएका थिए ।
यस अघि नेपालमा ९ जना कोरोना संक्रमित फेला परेका थिए । जसमध्ये एक जना उपचार पछि घर फर्किसकेका छन् भने अन्य ८ को विभिन्न अस्पतालमा उपचार भइरसको छ । आज तीन जना संक्रमित फेला परेसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ पुगेको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।