काठमाडौं, ५ जेठ – नेपालमा थप ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको छ । 

बाँकेमा ४६ पुरुष र एक महिला, भैरहवामा परीक्षण गरिएकोमा गुल्मीका ४१ वर्षीय पुरुष र धुलिखेलमा अस्पतालमा परीक्षण गरिएकोमा धनुषा, रौतहट, दाङ र धादिङका एक एक जना रहेको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या ३५७ पुगेको छ । संक्रमित मध्ये २ सय ९८ जना पुरुष र ५९ जना महिला रहेका छन् । देशभर ३१ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेकाे छ।