नेता चौलागाईँको पार्थीव शरीरमा सञ्चारमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

अन्त्यष्टि कार्यक्रममा गृहमन्त्री रामबहादर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङलगायतका नेता कार्यकर्ताहरु उपस्थित हुनुु भएको थियो । यस अघि अस्पताल परिसरमा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले उहाँको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुुभएको थियो भने नेकपा एमालेका अनुुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले पार्टीको झण्डा ओढाएर सम्मान गर्नुभएको थियो ।
नेता चौलागाईँ दोलखाबाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित हुनुु भएको थियो । पार्टी भित्र र बाहिर भद्र, शालिन र बौद्धिक व्यक्तित्वको रुपमा परिचित उहाँ संविधान सभा सदस्य हुनुुहुुन्थ्यो । युवा संघ नेपालका पूर्व अध्यक्ष चौलागाईँ दोलखाबाट प्रतिनिधिसभा सांसद समेत हुनुु भएको थियो ।
यसैबीच, दोलखा प्रतिनिधिसभाका सांसद समेत रहनुु भएका सञ्चारमन्त्री गुरुङले नेता चौलागाईँको निधनप्रति गहिरो दुुःख व्यक्त गर्नु भएको छ । उहाँले दोलखाली जनताले आफ्नो प्यारो नेता गुुमाएको, नेपालको कम्युनिष्ट आन्दोलन र आफूूहरुले भद्र, शालिन, बौद्धिक अभिभावक गुुमाउनु परेको उल्लेख गर्दै उहाँले देखाउनु भएको बाटोबाटै अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा