नेकपा र काँग्रेस कार्यकर्ताबीच झडप, गोली चल्दा एकको मृत्यु !

सर्लाहीको रामनगर–४ मा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा ) र प्रतिपक्षी नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा गोली चल्दा एक जनाको ज्यान गएको छ ।

सर्लाही जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय ५० वर्षीय रामविलास महतोको ज्यान गएको हो । झडपमा अन्य चार जना घाइते भएका छन् । उनीहरुलाई पनि गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ ।

यसअघि सोमबार नागरिकता बनाउनका लागि सिफारिस लिन गएको नेकपाको एक समूह र वडाध्यक्ष रामनरेश महतोबीच विवाद भएको थियो । महतो कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । त्यही विषयलाई लिए आज झडप भएको प्रहरीले जनाएको छ । गोली कसले चलाएको हो भन्ने खुलेको छैन ।

स्थानीय बासिन्दाले मृतकको शव उठाउन दिएका छैनन् । घटनास्थलमा व्यापकरुपमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा