नेकपा कार्यदल प्रतिवेदनप्रति नेपालको असहमति, सच्याउन सुझाव

madhav-nepal_

बिहीबारको सचिवालय बैठकमा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलको प्रतिवेदनमाथि धारणा राख्दै नेता नेपालले असन्तुष्टि राखेका हुन्। उनले दुई अध्यक्षको समन्वयमा पार्टी सञ्चालनदेखि कार्यकारी अध्यक्षका सवालमा व्यवस्था गरिएको कार्यकारी अधिकार र एक व्यक्ति एक जिम्मेवारीका विषयसम्म केन्द्रित रहेर टिप्पणी गरे।

 

कार्यदलको सुझाव अमूर्त र अस्पष्ट रहेको भन्दै नेपालले प्रतिवेदन सच्याउन जरुरी रहेको बताए। ‘उहाँ (माधव) ले मौखिक रूपमा विभिन्न विषय उठान गरेर आफ्ना मत राख्नु भएको छ, प्रतिवेदन अष्पष्ट र अमूर्त रहेको भन्दै आफूले उठाएका विषय समेटेर प्रतिवेदनलाई सच्याउन आग्रह गर्नु भएको छ’, सचिवालयका एक सदस्यले भने। नेता नेपालले अध्यक्ष पुष्पकमल दाहालको कार्य विभाजनमा मूलतः कार्यकारी अधिकार भनिएको विषयमा त्यसको व्याख्या नपुगेको बताएका छन्। यस्तै, एक व्यक्ति एक पदको जिम्मेवारी विधानको धारा ४६ (क)मा रहे पनि त्यस विषयमा प्रतिवेदनमा किटानीका साथ कुनै विषय समेटेर नआएकोमा उनले असन्तुष्ट व्यक्त गरेका छन्।

दुई अध्यक्ष र महासचिवले कुनै पनि प्रस्ताव पार्टी बैठकमा निर्णयका लागि प्रस्तुत गर्ने भनिएको प्रतिवेदनमा पनि नेपालले विधानविपरीत व्याख्या कार्यदलले गर्न खोजेको भन्दै असन्तुष्टि पोखेका छन्। विधानको धारा ६० ले बहुमतको निर्णय पार्टी निर्णय हुने उल्लेख गरेको स्मरण गर्दै उनले बैठकमा दुई अध्यक्ष र महासचिवको मात्र प्रस्ताव पार्टी निर्णय हुने गरी प्रतिवेदन आएको भन्दै कार्यदलले विधानविपरीत व्याख्या गर्न नसक्ने बताएका थिए।

पार्टीभित्र षड्यन्त्र, गुटबन्दी अन्त्य गर्ने कुरा प्रतिवेदनमा भनिएकोमा अहिलेसम्म त्यस्तो दाउपेज र षड्यन्त्र कसले गरेको हो त्यो विषय पनि प्रतिवेदनमा उल्लेख गर्न नेता नेपालले माग गरेका छन्। ‘पार्टी एकता अक्षुष्ण राख्ने भनेको के हो ? पार्टीभित्रको समस्या समाधान नगर्ने, पन्छाउने, फरक मत राख्नेप्रति असहिष्णु व्यवहार राख्नेका सन्दर्भमा पनि प्रतिवेदनमा केही आएन, यो विषय पनि प्रष्ट हुने गरी थप्नुपर्छ’, नेपालको भनाइ उद्धृत गर्दै सचिवालयका ती नेताले बताए। दुई अध्यक्षको समन्वयमा पार्टी सञ्चालनको कुरा गरेर कमिटीको महत्वलाई कमजोर बनाउने काम भएको उनको भनाइ छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक