नुवाकोट कांग्रेसले आचारसंहिता मिचेको आरोप

आउँदो मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिँदै जाँदा नुवाकोटमा आचारसंहिता उलंघनका घटनाहरु बढ्न थालेको वाम गठबन्धनका उम्मेदवारहरुले  आरोप लगाएका  छन् । 

lokij

देशैभर नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको वाम गठबन्धन बनेपनि हतोत्साहित हुँदै नेपाली काँग्रेस राज्यसत्ता र स्रोतको दुरुपयोगदेखि पैसा बाँड्नेसम्मका गम्भिर घटनाहरुमा देखिएको उनीहरुको दाबी छ  । 

वाम गठबन्धनले कांग्रेस नेता एवं पुर्व अर्थमन्त्री डा.रामशरण महतले नुवाकोटको प्रतिनिधि सभा निर्बाचन क्षेत्र नं १ मा आफ्नो चुनावी प्रचारमा शसस्त्र प्रहरीलाई परिचालन गर्नुका साथै गाउँपालिकाको बजेटलाई विकास निर्माण भन्दै आफ्नो चुनावी स्वार्थका लागि खर्चिएको,  क्षेत्र नं. २ मा उम्मेदवार बनेका काँग्रेसका अर्का नेता अर्जुन नरसिंह केसीले कार्यकर्तामार्फत् गाउँमा स्थानिय महिला र विपन्न नागरिकहरुलाई भेला पार्दै रकम वितरण गरेको,काँग्रेसबाट जितेका स्थानिय तहका जनप्रतिनिधिमार्फत् गाउँपालिकाको बजेट विकास निर्माणमा भन्दै व्यापक रुपमा खर्च गर्न थालिएको जस्ता आरोप वाम गठबन्धनको छ । 

 यसअघि खासै खर्च नगरिएको दुप्चेश्वर गाउँपालिकाको बजेट निर्वाचनकै मुखमा खर्च गरिनुजस्ता गतिविधिले मतदातालाई प्रभावमा पार्न र भोट आफूतिर आकर्षित गर्न नेता महत लागिपरेको स्थानियहरु बताउँछन् । त्यसमा पनि सडक मार्ग भएको स्थानमासमेत बिहिवार हेलिकप्टरमार्फत् ढुवानी गरी बिजुलीको ट्रान्सफर्मर खरिद गरी ल्याइएको छ । गाउँपालिकाको रकमले काँग्रेसका नेता कार्यकर्तामार्फत् गाउँमा ल्याइएको थियो ।

 ‘हेर्दा गाउँपालिकाले गरेको जस्तो तर, खासमा भोटका लागि नेता महतले जनता रिझाउन सरकारी पैसा दुरुपयोग गरेर चुनाव जित्ने तरिका अपनाएका छन्, स्थानिय वाम गठबन्धनका नेता लालबहादुर तामाङले भने, ‘यो निर्वाचन आचारसंहिताको गम्भिर उलंघन हो ।’ 

तर कांग्रेसका उम्मेदवारहरुले भने आफूहरुबाट चुनाव प्रभावित पार्ने खालका कुनै गतिविधि नभएको दाबी गरेका छन् ।   नुवाकाेट कांग्रेसले भने आफूहरुले चुनाव प्रभावित पर्ने खालका कुनै गतिविधि नगरेको भन्दै विपक्षीले आधारहीन आरोप लगाउनुको कुनै तुक नभएको  बताएकाे छ । 

केसीको निकट मानिने शिव अधिकारीले क्षेत्र नम्बर २ स्थित तारकेश्वरका विभिन्न महिला समूहलाई आर्थिक सहयोग वितरण गरेर आचारसंहिता उलंघन गरेको विपक्षीको आरोप छ । तर, अधिकारीले भने आफूले त्यहाँ विगतदेखि नै सहयोग गर्दै आएको भन्दै अहिले पनि त्यसकै निरन्तरता मात्र भएको बताए ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी