नुवाकोटमा कांग्रेस नेता पैसासहित समातिए

२९ बैशाख, काठमाडौं । स्थानीय चुनावमा नुवाकोटका मतदातालाई रकम बाँडेको आरोपमा कांग्रेसका एक नेतालाई एमाले कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् ।

विदुर नगरपालिका-९ दशमुरेचौतारोका दलित समुदायलाई रकम वितरण गरेको आरोपमा कांग्रेस जिल्ला सचिव सुरेन्द्रराज अधिकारीसहित तीनजनालाई एमाले कार्यकर्ताहरुले मध्यराति नियन्त्रणमा लिएका हुन् ।

एमालेको नियन्त्रणमा परेका सुरेन्द्र विदुर नगरपालिकाका कांग्रेस मेयर उम्मेदवार ध्रुव अधिकारीका भाइ हुन् । सुरेन्द्रसहित त्रिभुवन त्रिशुली माविका शिक्षक नवराज आचार्य र उत्तरगया अंग्रेजी विद्यालयका प्रिन्सिपल सुनील श्रेष्ठलाई घेरा हालेर स्थानीयको सहयोगमा एमाले कार्यकर्ताहरुले नियन्त्रणमा लिएका थिए ।

उनीहरुलाई प्रहरी निरीक्षक जीतेन्द्रकुमार बस्नेतको रोहबरमा राति साढे १ बजे छाडिएको थियो ।

अधिकारीका साथबाट एमाले कार्यकर्ताले २५ हजार रुपैयाँ बरामद गरेका थिए । एमालेको तर्फबाट विदुर मेयरका उम्मेदवार सन्जु पण्डितले अधिकारीमाथि कारबाहीको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोग तथा विभिन्न सरोकारवाला निकायमा उजुरी दिएका छन् ।

एमालेले बन्दी बनायो, आचारसंहिता उल्लंघन गर्‍योः कांग्रेस

नुवाकोट कांग्रेसले शुक्रबार बिहान विदुरमा पत्रकार सम्मेलन गरी रकम वितरण गरेको आरोपको खण्डन गरेको छ । विदुर नगरपालिकाका कांग्रेस मेयरका उम्मेदवार ध्रुव अधिकारीले आफ्ना कार्यकर्ताहरुलाई गलत आरोपमा तीन घण्टा बन्दी बनाइएको र हिँडडुल गर्न पाउने स्वतन्त्र अधिकार हनन् गरेको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै विदुर नगरपालिकाको उपमेयरको कांग्रेस उम्मेदवार गीता अमात्यले पनि एमालेले कांग्रेसको चरित्रहत्या गर्न खोजेको बताइन् । उनले चुनावको बेला २५ हजार रुपैयाँ साथमा हुनु सामान्य भएको भन्दै रकम बाँडेको पुष्टि गर्न उनले एमालेलाई चुनौति दिइन् । उनले भनिन्, ‘त्यसरी बाँड्ने पैसा पनि छैन, हामी बाँड्दा पनि बाँड्दैनौं । अहिले जुन आरोप लगाइएको छ, त्यसको पुष्टि गरेर देखाउनुस् ।’

अमात्यले नुवाकोट घटनाको यसरी बेलिबिस्तार यसरी लगाइन्ः

हिजो प्रचार प्रसार १२ बजेसम्म मात्रै भनेको थियो । हामीले सात दिनमात्रै पायौं प्रचार प्रसारका लागि । त्यसका कारण अलिकति लेटसम्म पनि प्रचार-प्रसार गर्दै हिँडेका थियौं । थुम्का भन्ने ठाउँमा हामीले प्रचार-प्रसार गरेर मसहितको टीम एकातिर लाग्यो र हाम्रो नेपाली कांग्रेसको जिल्ला सचिव सुरेन्द्र अधिकारी लगायतका उहाँका दुई जना मित्रहरु सँगै जाँदै हुनुहुन्थ्यो ।

सुरेन्द्र सर त वकिल पनि हुनुहुन्छ । कामको व्यस्तताका कारण आफ्नो दैनिक काममा चाहिने चिजहरु सधैं ब्यागमा बोकेर हिँड्ने बानी छ उहाँको छ । तपाईंले ब्याग बिना उहाँलाई कहिले पनि भेट्नु हुन्न, सधैं ब्याग बोक्नुहुन्छ । हिजो पनि ब्याग बोकेर चुनाव प्रचारका लागि साथीहरुसँग भेट्न जानुभाथ्यो । त्यही क्रममा एमालेका साथीहरु, ग्रुप क्याम्प खडा गरेर खाना बनाइराख्नु भएको रहेछ । त्यहाँ सधैं क्याम्प खडा भइरहने, त्यही बाटो भएर जाँदाखेरि उहाँहरुले साथीहरुलाई समातेर साढे तीन घण्टा जति बन्दी बनाएर राख्नुभयो । उहाँको ब्याग पनि त्यहीँ खोतलखातल गरेर पैसा बाँड्न आको भन्नुभयो । खोतल्दाखेरि जम्मा २५ हजार भेटियो ।

हामीसँग त्यसरी बाँड्ने पैसा पनि छैन, हामी बाँड्दा पनि बाँड्दैनौं । त्यसमाथि पनि हाम्रो सुरेन्द्र सरले त्यसरी बाँड्नु पनि हुन्न । हामीसँग २५ हजार भन्दा थिँदा पनि थिएन । हामीले त्यो फोटो खिचेर पनि राखेका छौं । उहाँहरुको भिजुअलमा पनि त्योभन्दा बढी भेटाउनु भएन । यदि त्योभन्दा बढी भेटाउनु भाको रहेछ भने प्रुफ गरेर देखाइदिनुस् हामी गल्ती स्वीकार्न तयार छौं भनिरहेका छौं ।

त्यत्रा तीन-चार सय मान्छेले अगाडि बसेर हेर्नुभएको छ । त्यहाँ पैसा छ कि छैन सबै जानकारी छ उहाँहरुलाई । प्रुफ गरेर देखाइदिनुपर्‍यो नि त । झुठो कुरो लेख्न पाइन्छ त ?

आचारसंहिता अनुसार त क्याम्प खडा गरेर मतदाताहरुलाई बन्दी बनाएर राख्न पाइँदैन । उहाँहरुले -एमालेले) दुई ठाउँमा क्याम्प राखेर मतदाताहरुलाई ७-८ दिन भयो त्यहीँ खाना खुवाउने, त्यहीँ राख्ने अनि त्यहीँबाट परिचालन गर्ने गरिराख्नु भाछ । तर, हामीले कुनै ठाउँमा क्याम्प खडा पनि गरेका छैनौं । कुनै पनि साथीहरुलाई बन्दी बनाएर पनि राखेका छैनौं हामीले ।

यो मानव अधिकार उल्लंघन पनि हो व्यक्तिगत र पार्टीगत रुपमा आक्षेप लागेको कुरा पनि हो यो । अहिले चुनावको बेलामा २५ हजार रुपैयाँ भनेको त धेरै कुरा पनि होइन । लाखौं लाख भएको भए हामी पनि मान्थ्यौं । २५ हजार राख्दामा हाम्रो पूरै चरित्र हत्या नै गर्ने गरी न्यूज बनाएर प्रसारण गरिएको छ । पत्रकारहरुले के गरेको हो त्यो ? पत्रकारहरुलाई सजायँ हुँदैन कि ? मिडियाको नै बेइज्जत हुने भइसक्यो । यसमा अलिकति ध्यान दिनुपर्‍यो होइन भने हामीबाट पनि माथिबाट कदम चाल्ने कुरा हुन्छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी