July 27, 2017

निश्चल र आशिफको ‘२ रुपैयाँ’ ट्रेलर रिलिज

१२ साउन – भाद्र २३ गतेलाई रिलिज कन्फर्म गरिएको फिल्म ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक भएको छ । ‘कुटुमा कुटु’ र ‘टल्क्यो जवानी’ बोलको गीतबाटै प्रतिक्षित बनेको फिल्म ‘२ रुपैयाँ’को बिहीवार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।

downloadट्रेलरमा नायक निश्चल बस्नेत र आशिफ शाहबिचको मित्रता र २ रुपैयाँले जीवनमा ल्याउने अनेकौ उचारचढावलाई देखाइएको छ । ट्रेलरमा एक्सन, कमेडी, रोमान्स सबै पक्षलाई देखाउने प्रयास गरिएको छ । फिल्ममा निश्चलले ‘जुरेली’ र अशिफले ‘दाह्री’को भूमिका निर्वाहा गरेका छन् ।

ए जि टु वान प्रोडक्शन प्रा.ली. र ब्ल्याक हर्स प्रा.ली.ले निर्माण गरेको यो फिल्ममा निश्चल र आशिफसहित कलाकारहरु बुद्धि तामाङ, मेनुका प्रधान, रविन्द्र झा, राजन ईशान, प्रमोद अग्रहरी लगायतको पनि अभिनय रहेको छ ।

यो फिल्ममा समाबेश ‘कुटुमा कुटु’ बोलको गीतले युट्युबमा छोटो समयमा करोड बढी ‘भ्यू’ पाइसकेको छ । गीतसंगीतका कारण पनि पछिल्लो समय नेपाली फिल्मले सुखद व्यापार गरिरहेको अवस्थामा ‘२ रुपैयाँ’लाई पनि ‘कुटुमा कुटु’ले केही राहत दिने निर्माण पक्षको आश छ । फिल्मलाई असिम शाहले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको