निर्वाचन तयारीमा गम्भीरतापूर्वक लाग्नुस् : राष्ट्रपति

Bidya Devi Bhandari, President of Nepal being received by President Pranab Mukherjee and Prime Minister Narendra Modi for a ceremonial reception at Rashtrapati Bhavan in New Delhi on Tuesday. Express Photo by Renuka Puri. 18.04.2017. *** Local Caption *** Bidya Devi Bhandari, President of Nepal being received by President Pranab Mukherjee and Prime Minister Narendra Modi for a ceremonial reception at Rashtrapati Bhavan in New Delhi on Tuesday. Express Photo by Renuka Puri. 18.04.2017.
काठमाडाैं, माघ ६ः राष्ट्रपति विद्यादेवी भण्डारीले निष्पक्ष, भयरहित, विश्वसनीय रूपमा निर्वाचनका लागि गम्भीरतापूर्वक काम गर्न निर्वाचन आयोगलाई आग्रह गरेकी छिन्। आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति भण्डारीले आयोग पदाधिकारीसँग शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएकाले तोकिएको समयमै प्रतिनिधिसभाको निर्वाचन गर्न जरुरी भएको बताइन्। ‘शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य छ,’ उनले भनिन्, ‘प्रतिनिधिसभा निर्वाचनका लागि आयोगबाट भएको तयारी सकारात्मक छ, निर्वाचनका लागि गम्भीरता र दृढतापूर्वक कार्य गर्न आयोग सक्षम हुने विश्वास छ।’

राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्थाबमोजिम निर्वाचनको माध्यमबाट लोकतन्त्रलाई संस्थागत र सुदृढीकरण गर्ने काम आयोगको भएकाले बढीभन्दा बढी मतदाताको सहभागिता गराउने तर्फ कार्य गर्न आयोगलाई सुझाव दिइन्। उनले सबै मतदाताको मताधिकार सुनिश्चित गर्न तथा मतदानस्थल तथा केन्द्रहरू मतदातामैत्री बनाउन आयोगको ध्यानाकर्षण गराइन्।

आयोगले बुझाएको प्रतिवेदनमा आयोगले सम्पन्न गरेका कार्य, योजना अनुगमन, समावेशीकरण तथा वैदेशिक सम्बन्ध, मतदाता नामावली तथा निर्वाचन सञ्चालन, निर्वाचन शिक्षालगायत विविध विषय समेटिएको छ। प्रतिवेदन पेस गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक कार्यक्रम तथा मतदानस्थल, मतदान केन्द्र पुनरवलोकन कार्यक्रम आयोगबाट स्वीकृत भई दलहरूसँग परामर्श बैठक सम्पन्न भइसकेको बताए।

उनले निर्वाचनमा लैंगिक तथा समावेशी नीति, निर्वाचन व्यवस्थापनमा मानव संशाधन नीति, निर्वाचन सञ्चालन आर्थिक निर्देशिका, तालिम, स्थानीय तहका निर्वाचन सम्पर्क व्यक्ति तोक्ने लगायतका निर्वाचन सञ्चालन एवं व्यवस्थापनका कार्य योजनाबद्ध रूपमा अघि बढाइएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

झिनो अङ्कले घट्यो नेप्से

फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका