काठमाडौं, जेठ २– आइतबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणनामा ढिलाई भइरहेको भनि चौतर्फी गुनासो भइरहेको बेला निर्वाचन आयोगले भने एकसाताभित्रै सबै परिणाम आइसक्ने दाबी गरेको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्र ठुलो भएको र हरेक मतपत्र बाट ७ जना प्रतिनिधिको मत गन्नुपर्ने भएकाले केही ढिलाई भएको भन्दै एक हप्ता भित्र सबै मत परिणाम आउने दाबी गरे ।
यसैबीच गुनासाे सम्बोधनका लागि गणनास्थलमा आजदेखि थप टोली परिचालन हुने भएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शर्माका अनुसार ठाउँ र आवश्यकता हेरी टोली थप्ने अधिकार सम्बन्धित निर्वाचन अधिकृतलाई हुने भएकाले त्यस्तो प्रबन्ध गरी गणना कार्यमा चुस्तता ल्याउन निर्देशन दिइएको हो । आयोगले कर्मचारी अपुग वा अन्य समस्या भएमा पनि समाधान गर्ने जनाएको छ ।
चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न
चैत २, काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने
फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा नेकपा (माओवादी
फागुन २३,काठमाडौं। मन्त्रिपरिषद् आज विस्तार हुनेभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस सल्लाहकार गोविन्द
फागुन २०, काठमाडौँ । सामाजिक सुरक्षामा बढ्दो वित्तीय दायित्व कम गर्न सरकारले नगदमा उपलब्ध गराइने
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।