October 12, 2017

निर्वाचन आयोग : उम्मेदवारको सुरक्षालाई प्राथमिकता देऊ

२६ असोज, काठमाडौं – निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारहरुको सुरक्षालाई उच्च प्राथमिकता दिन सुरक्षा अंगका प्रमुखलाई आग्रह गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय तहको निर्वाचन भएकाले राष्ट्रिय तहको नेता र उम्मेदवारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बिहीबार चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग अन्तरक्रिया गरी उनले उम्मेदवारहरुको सुरक्षा व्यवस्था प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए ।

त्यस क्रममा सुरक्षा निकायका अधिकारीहरुले स्थानीय तहको निर्वाचनको अनुभवलाई समेत समेटेर निर्वाचनसम्वन्धी केन्द्रीय योजना तयार पारिएको जानकारी गराएका थिए ।

आगामी मंसिर १० र २१ गते २ चरणमा गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । राजनीतिक दलहरुले २९ गते आइतबार प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको समानुपातिक तर्फको बन्द सूची निर्वाचन आयोगमा पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने