निर्वाचन आयोगले माग्यो माओवादी केन्द्रसँग जवाफ

वैशाख २१, काठमाडौं: निर्वाचन आयोगले आचारसंहिताविपरीत गतिविधि गरेको भन्दै सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)सँग जवाफ मागेको छ ।

बाराको ‘कलैया उपमहानगरपालिका-२३ का वडाध्यक्ष विक्रम साहलगायत व्यक्तिहरू माओवादी केन्द्रको चुनाव चिह्नअंकित टिसर्टसहित प्रचारमा देखिएको समाचारसञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकाले सो कार्य त्यस दलबाट भएको हो होइन ?’ भनी आयोगले जवाफ मागेको हो ।

“सो दलले निर्वाचन आचारसंहिता, २०७८ को दफा ४ को खण्ड (घ) विपरीतको कार्य गरेको देखिँदा त्यस दललाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने भन्ने विषयमा तीन दिनभित्र आधार प्रमाणसहित आयोगलाई स्पष्ट जवाफ उपलब्ध गराइदिनहुन आदेशानुसार अनुरोध गरिन्छ,” आयोगको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी