निर्वाचन अधिकृतको पँजनीः ७३ जनाको नाम हटाइयो, ७० नयाँ थपिए (सूचीसहित)

election-commission-nepal-768x460२६ चैत, काठमाडौं । निर्वाचन आयोगले ७३ जना निर्वाचन अधिकृतहरुको नाम हटाएको छ । साथै ७० जना नयाँ निर्वाचन अधिकृतहरु तोकिएका छन् । २४ जनालाई अन्यत्र सरुवा गरिएको छ भने २० जना निर्वाचन अधिकृतहरुलाई जगेडामा राखिएको छ ।

 

नयाँ नियुक्त भएका र जगेडामा राखिएका निर्वाचन अधिकृतहरुलाई तोकिए बमोजिमको स्थानमा तालिममा सहभागी हुन आयोगले निर्देशन दिएको छ ।

 

निर्वाचन आयोगले यसअघि चैत २२ मा निर्वाचन अधिकृतहरुको नामावली प्रकाशित गरेको थियो । सो नामावलीलाई सच्याउँदै चैत २६ गते ७३ जना निर्वाचन अधिकृतहरुको नाम हटाएर अन्यलाई नियुक्त गरेको हो ।

तालिम कहाँ र कहिले हुँदैछ ?

निर्वाचन अधिकृतहरुका लागि निर्वाचन आयोगले चैत २८ गतेदेखि ३१ गतेसम्म देशभरिका २६ ठाउँमा तालिमको व्यवस्था गरेको छ ।
जगेडामा रहेका निर्वाचन अधिकृतहरुले पोखरा वा धुलीखेलमा तालिम लिनुपर्ने छ भने अन्य निर्वाचन अकिृतहरुका लागि क्षेत्रीय स्तरमा तालिमस्थलहरु तोकिएका छन् ।

निर्वाचन अधिकृतहरुको नामावलीबारे विस्तृत विवरणका लागि-

निर्वाचन आयोगको अत्यन्त जरुरी सूचना

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने