May 10, 2017

निर्वाचनलगत्तै मतगणना

 स्थानीय तह निर्वाचन ऐनमा ‘मतदान अधिकृतले गाउँपालिका/नगरपालिकाका वडाभित्रका सबै मतदानकेन्द्रका मतपेटिका मतदान अधिकृतबाट प्राप्त गरेपछि मतगणना कार्य सुरु गर्नेछ’ भन्ने व्यवस्था छ। ‘निर्वाचन ऐनको व्यवस्थाअनुसार मतगणना हुन्छ’, आयुक्त दाहालले भने।

आयोगले वैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ। मतदानलगत्तै मतदान अधिकृतसमक्ष मतपेटिका पुर्‍याउनुपर्छ। ‘साँझ ५ बजेसम्म मतदानको समय तोकिए पनि ५ बजेसम्म लाममा बसेकालाई मतदान गर्न दिने भएकाले थप समय लाग्न सक्छ’, आयोगका एक अधिकृतले भने, ‘जेठ ३१ गते निर्वाचनका कारण दिनभरिको थकाइ, मतपेटिका संकलन, गणना गर्ने स्थल छनोटलगायत प्राविधिक काम गर्नुपर्ने भएकाले जेठ १ गतेबाट सबै ठाउँमा गणना हुनसक्ने देखिन्छ। तर कुनै स्थानमा ३१ गतेको रातिबाट पनि मतगणना सुरु गर्न सकिन्छ।’

प्रमुख विपक्षी एमालेले मतपेटिकाको सुरक्षाको प्रश्न उठाइरहेका बेला आयोगले मतदानलगत्तै मतगणना गर्ने जनाएको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बोलाएको बैठकमा पनि एमाले नेताहरूले मतदानलगत्तै मतपेटिका गणना गर्नुपर्ने माग गरेको थियो। ‘पहिलो र दोस्रो चरणको निर्वाचनबीच किन यति लामो ग्याप भनेर एमालेले बारम्बार प्रश्न गर्दै आएको हो’, एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले भने, ‘मतपेटिकाको सुरक्षाको प्रश्न गम्भीर रूपमा उठेकाले मतदानलगत्तै मतगणना गर्नुपर्छ भनेर हामीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौं।’

पहिलो चरणमा तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ। उक्त निर्वाचनमा ४९ हजार तीन सय ३७ जना उम्मेदवारले उम्मेदवारी दिएको आयोगले जनाएको छ। आयोगका अनुसार निर्वाचनमा ३० हजार पाँच सय पुरुष र १९ हजार तीन सय ३२ महिला उम्मेदवार बनेका छन्। पुरुषको ६०.८२ प्रतिशत र महिला ३९.१८४ प्रतिशत उम्मेदवारी परेको आयोगले जनाएको छ।

आयोगले मनाङ, डोल्पालगायत केही हिमाली जिल्लाका मतपेटिका सम्बन्धित तहमा पुर्‍याउन हेलिकोप्टरको प्रयोग गर्ने तयारी गरेको छ। ‘निर्वाचन सम्पन्न भएको तीन घन्टाभित्र मतदान अधिकृतको कार्यालयसम्म मतपेटिका पुर्‍याउने तयारी छ’, आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, ‘आवश्यक परे केही ठाउँमा हेलिकोप्टरबाट मतपेटिका ओसारपसार गर्नेछौं।’ आयोगले मतपत्र र मतपेटिकाको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ।अाजकाे अन्न्पूर्ण पाेस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

कोरिया जाने श्रमिकको कोटा थपियाे

चैत २,  काठमाडौँ। दक्षिण कोरियामा सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत जाने