निर्मला पन्त बलात्कार प्रकरणमा सरकारकै भूमिका संदिग्ध : नयाँ शक्ति

नयाँ शक्ति पार्टीले निर्मला पन्त हत्या प्रकरणमा सरकारको भूमिका संदिग्ध र आपत्तिजनक भएको आरोप लगाएको छ । पार्टीको केन्द्रीय समितिले गरेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पार्टी संयोजक डा. बाबुराम भट्टराईले पन्त प्रकरण पञ्चायतकालमा सेतीको खोँचमा फेला परेका नमीता–सुनीताजस्तै रहस्यमयी भएको र सरकार अनेक तरहले ढाकछोप गर्न लागेको बताए । 

नेकपा सरकार गठन भएयता १५ सयभन्दा बढी बलात्कारका घटना भएको भन्दै सरकार क्रमशः असफलतातर्फ उन्मुख भएको नयाँ शक्तिको ठहर छ ।

नेकपा र फोरमसँग एकता असम्भव
एक अर्को सन्दर्भमा डा. भट्टराईले ने क पा र नयाँ शक्ति उत्तरी र दक्षिणी ध्रुवजस्तो भएकाले एकताको कुनै सम्भावना नरहेको र ने क पामात्र नभर्इ कुनै पनि पुराना शक्तिसँग एकताको सम्भावना सकिएको बताएका छन् ।

“वर्तमान सत्ता सञ्चालकको व्यवहार र कार्यशैलीले पनि त्यो कुराको पुष्टि गरेको छ । पुराना शक्तिबाट मुलुकको विकास अब सम्भव रहेन,” उनको निष्कर्ष थियो ।

त्यस्तै उनले बूढीगण्डकी परियोजना कमिसन र भूराजनीतिक रणनीतिको गोटी बनाइएको आरोप लगाउँदै विवादास्पद चिनियाँ कम्पनी गेजुवालाई दिनु दुर्भाग्यपूर्ण भएको बताए । उक्त निर्णय अविलम्ब फिर्ता लिन मागसमेत उनले गरे ।
त्यस्तै नेपाली सेनाभित्र व्यापक मात्रामा भ्रष्टाचार र अनियमितता हुने तथ्य बाहिर आएको भन्दै राज्यले सेनालाई दिएका ठूला परियोजना कमिसनको गोलचक्करमा फसेको तथ्य पार्टीलाई प्राप्त भएको उनले बताए ।

कात्तिक १४ र १५ गते बसेको नयाँ शक्तिको बैठकले सरकारको विरुद्ध सङ्घर्ष गर्ने निर्णय गरेको उनको भनाइ थियो ।

आजैमात्र निर्मला पन्त हत्याको सय दिन पूरा भएको र सरकारले अपराधी पत्ता लगाउन नसकेको विरोधमा माइतीघरमा प्रदर्शन कार्यक्रम आयोजना गरिएको र निरन्तर सरकारको असक्षमताको भण्डाफोर गरिने नयाँ शक्तिले जनाएको छ ।
मंसिरदेखि चैतसम्म ‘पाँच महिना पाँच काम र पाँच परिणाम’को कार्ययोजना तयार गरिएको नयाँ शक्तिले बताएको छ । यसैबीच माघ १५ देखि फागुन १५ सम्म पाँचथरको चिवाभञ्ज्याङ्गदेखि बैतडीको झुलाघाटसम्म १७६५ किलोमिटर लामो मध्यपहाडी लोकमार्गमा ‘जनजागरण यात्रा’ गरिने पार्टीले जनाएको छ ।

जनजागरण यात्रामा निर्वाचित राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद्को पक्षमा माहौल सिर्जना गर्न र वर्तमान सरकारको कार्यशैलीविरुद्ध भएको नयाँ शक्तिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक