निर्धारित समयमै क्लिन फिड लागू गर्ने

असोज ६, काठमाडौँ – सरकारले आउँदो कात्तिक ८ गतेभित्रै विदेशी टेलिभिजन च्यानलहरूमा क्लिन फिड लागू गर्ने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त समयभित्रै क्लिन फिड लागूू गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका हुन् । 

प्रतिनिधि सभा विकास तथा प्रविधि समितिको सोमबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले प्रधानमन्त्री केपी शर्मा ओलीले ८ गतेभित्रै क्लिन फिड लागूू गर्ने र त्यसका लागि आवश्यक सम्पूर्ण तयारी गर्न मन्त्रालयलाई निर्देशन दिएको जानकारी दिए । 

ऐनमा भएको व्यवस्थाबमोजिम समयमै क्लिन फिड लागू गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि उनले बताए ।

समितिको बैठकले पनि तोकिएकै समयमा क्लिन फिड लागू गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकले कात्तिक ७ भित्र विज्ञापन बोर्ड गठन गरी ऐनको दफा ६ बमोजिम डाउनलिङ्क अनुमति लिएर नेपालमा प्रसारण गरिरहेका टेलिभिजन च्यानलहरूलाई विज्ञापनरहित बनाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण

काठमाडौं, चैत ३० गते । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयक

बागमती नगर प्रमुखविरुद्ध पाँच करोडको भ्रष्टाचार मुद्दा

 चैत २८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही, बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाविरुद्ध विशेष अदालतमा

बजेटमा समेट्नैपर्ने विषय

खिमलाल देवकोटा  २५ चैत २०८०, आइतबार नेपालको संविधानको धारा ११९ को उपधारा ३ बमोजिम नेपाल