December 16, 2019

निभ्यो फिल्म क्षेत्रको आशाको दियो

 

काठमाडौं ।  हृदयघातका कारण निधन भएका स्वर्गीय केशव भट्टराईको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई छोरा मिक्स भट्टराईले दागबत्ती दिए ।   सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल बाँस्कोटा उनलाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेका थिए । सो क्रममा उनले स्वर्गीय भट्टराईको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गरेका थिए । यसअघि उनको पार्थिक शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो । जहाँ उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेल, कलाकार, विभिन्न दलका नेता तथा शुभेच्छुक समेत पुगेका थिए । चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका कलाकार भट्टराईको स्वास्थ्यमा एकाएक समस्या आएपछि उपचारका लागि चाबहिलस्थित ओम अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
करिब ३ दशकदेखि फिल्म अभिनय र निर्माणमा क्रियाशिल ५३ वर्षीय भट्टराई पछिल्लो समय विकास बोर्डको अध्यक्षको रुपमा चर्चित थिए । ओखलढुंगामा जन्मिएका केशव कलाकार, निर्माता तथा निर्देशक तुलसी घिमिरेको संगतले फिल्म क्षेत्रमा होमिएका थिए । 

भट्टराई करिब ८ महिना अगाडि नेपाली फिल्म क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएका थिए । कलाकारिता हँुदै बोर्ड अध्यक्ष बनेका भट्टराईले चलचित्र निर्माता संघको विभिन्न पदमा समेत रहेर काम गरिसकेका थिए । बक्स अफिसमा असफल हुँदा उनले घर नै बेच्नु परेको थियो । ‘सो सिम्पल’ को असफलतापछि उनी घर बेचेर अनामनगरमै फ्ल्याट भाडामा लिएर बस्न थालेका थिए ।
केशव २०७५ चैत्र ७ गते चलचित्र विकाश बोर्डको अध्यक्षमा नियुक्त भएका थिए । उनी बोर्ड अध्यक्ष नियुक्त हुँदा चलचित्र क्षेत्रमा खुसीको लहर छाएको थियो । लामो समयदेखि नारा र बहसमा मात्र सिमित बक्सअफिस प्रणाली उनले नै देशभर लागू गर्न सफल भए । केही स्थानमा प्राविधिक कठिनाइ र विभिन्न समस्याले बक्स अफिस लागू हुन नसकेपनि त्यसको समाधानका लागि उनी दिनरात प्रयत्नशील थिए । उनकै कार्यकालमा तीन वर्षदेखि हुन नसकेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ गत असारमा वितरण भएको थियो । 

विदेशी फिल्म जुनै पनि दिन रिलिज हुने परिपाटी तोड्दै उनले शुक्रबार मात्र प्रदर्शन गर्नुपर्ने निर्णय गरे । जुन निर्णायको चलचित्रले खुलेर स्वागत गरेका थिए । केही दिन पहिले मात्र उनको सक्रियतामा बोर्डले लोकेशन गाइड पुस्तक ‘फिल्मिङ इन नेपाल’ सार्वजनिक भएको थियो । 

उपत्यका भित्र सुविधा सम्पन्न फिल्म स्टुडियोको बनाउन राज्यस्तरबाट निर्णय गराएका उनले जग्गा व्यवस्थापनका लागि पहल गरिरहेका थिए । 

निभ्यो आशाको दियो 
चलचित्रकर्मीहरुका अनुसार केशव भट्टराई चलचित्रकर्मीका आशाका दियोको रुपमा रहेका थिए । उनले चलतिचत्रकर्मीको हकहितका लागि धेरै योजना बुनेका थिए । जसको एकएक गरेर कार्यन्वयनमा उनी दिन रात लागेका थिए ।

बक्स अफिसको नारा उठाएर चलचित्र विकाश बोर्ड नेतृत्वमा धेरै चलचित्रकर्मी पुगे । तर कसैले पनि बक्सअफिस लागु गर्न सकेका थिएनन् । उनले  बोर्डको नेतृृत्व सम्हालेको केही महिनामै पहिला उपत्यका र त्यसपछि उपत्यका बाँहिर बक्स अफिस लागु गर्न सफल भए । बक्सअफिस प्रणालीका लागि खर्च ब्यवस्थापन गर्न नसक्ने चलचित्र घरका लागि उनले बोर्डको खर्चमा समेत बक्सअफिसका तारतम्य मिलाएका थिए । 

आफू पनि निर्माता भएको हिसावले निर्माताको पीडासँग उनी झन् नजिक थिए । त्यसैले २ वर्ष भित्र उपत्यकामा सुविधा सम्पन्न स्टुडियो निर्माणको सपना उनले देखेका थिए ।  त्यसका लागि नीतिगत निर्णयसहित उनी स्थान चयन गर्ने कामको अन्तिम चरणमा थिए ।

चलचित्रकर्मीका हकहतका लागि सधै तर उनले बोर्ड नेतृत्व सम्हाल्दा धेरै गर्न सकिने र गर्ने बाचा समेत गरेका थिए । उनको निधनले चलचित्रकर्मीको आशामाथि तुषारापत भएको छ । सबैले आशाको दियो निभेको चर्चा फिल्मक्षेत्रमा भएको छ । 
 दीपकको मलामी जान चाहन्थे
भट्टराई शनिबार आफ्नै कोठाबाट मृत भेटिएका अर्का कलाकार दीपक क्षेत्रीको मलामीमा जान चाहन्थे । त्यसका लागि सोमबार बिहानको हेटौडा यात्रा उनले दिउँसो सारेका थिए । दीपकको अन्त्येष्टिका लागि आइतबार उनले विकास बोर्डबाट २५ हजार दिने व्यवस्था समेत मिलाएका थिए । 

‘केही मिनेट अगाडि दीपकको मलामी गएर हामीसँगै हेटौडा जाने मित्र भन्नु भएको थियो’ पत्रकार डब्बु क्षत्रीले भने, ‘केही समयपछि मृत्यको खबर आयो ।’ सुरुमा उनको मृत्यको खबर पत्याउन नसकेको बताएका क्षत्रीले बुझ्दा खबर साँचो रहेको पाएको सुनाए ।

चलचित्र पत्रकार संघ हेटौडाले सोमबार साँझ एक गोष्ठी कार्यक्रममा आयोजना गरेका थियो । उक्त कार्यक्रममा उनी अथितिको रुपमा सहभागी हुने कार्यक्रम थियो । त्यसपछि बुटवल जाने उनको कार्यक्रम थियो । तर, बिडम्बना उनको पनि आइतबार निधन भयो र दीपकसँगै सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि भयो । 

मैले बुवा गुमाएँ – रेखा 
पछिल्लो समय चलचित्र अभिनयमा बुबाको भूमिका निर्वाह गर्दै आएका उनी सबैका प्रिय पात्र थिए । उमेरले जे भएपनि सबैलाई मित्र भनेर सम्बोधन गर्दथे । सबैको कुरा सुन्ने र सबैको पिरमर्कामा साथ दिने उनी धेरै चलचित्रकर्मीका अभिभावक थिए । 

‘केशव भट्टराई मेरो बुबाजस्तै हुनुहुन्थ्यो’ अभिनेत्री रेखा थापाले भनिन् ‘मेरो धेरै फिल्ममा उहाँले बुबाको भूमिका निर्बाह गर्नु भएको छ, अभिनयमा मात्र बुबा बन्नु भएको होइन । व्यवहार पनि बुबाको जस्तै थियो ।’
रेखाले थपिन् ‘त्यसैले म बुबा भनेर समेत सम्बोधन गर्थेँ ।’

कलाकार जीतु नेपालले पनि भट्टराई धेरै कलाकारको अभिभावक भएको बताए । ‘मैले त सुरुमा मृत्युको खबर पत्याउन सकिन’ नेपालले भने ‘ हामी चलचित्रकर्मीले एउटा अभिभावक गुमाएका छौँ ।’

एकाएक स्वास्थ्यमा समास्या देखिएपछि ओम अस्पताल लगिएका उनको त्यही निधन भएको थियो । आइतबार बेलुका ७ बजेतिर चलचित्र विकास बोर्डका सदस्य तथा निर्माता नरेन्द्र महर्जनको निम्तोमा केशव कीर्तिपुर पुगेका थिए । महर्जनको घरमा मदिरा सेवन समेत गरेका उनको अनामनगरस्थित घर फर्किने क्रममा स्वास्थ्य बिग्रेको थियो । 

राति ९ बजेतिर बाटोमा उनलाई अप्ठेरो महसुस भएको र वान्तासमेत भएको थियो । भट्टराई गाडीको पछाडि सिटमा थिए । चालकले अनामनगरस्थित घर पुर्याएर छोराको साथमा  राति सवा १० बजेतिर अस्पताल पुर्याएका थिए । उनको निधनको कारण हृदयघात भएको बताइएको छ । 

भट्टराईको श्रीमती र एक छोरा रहेका छन् । ०६२ सालमा ओम अस्पतालमै टेस्टट्यूव प्रविधिबाट उनले छोरा जन्माएका थिए । उनका छोरा १५ वर्षका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

चैत १ गतेदेखि १५ वैशाखसम्म कान्तिराजपथ बन्द

 फाल्गुण २८, ललितपुर । ललितपुरको टीकाभैरवदेखि तिनपाने भन्ञ्याङ, भट्टेडाँडा, काल्चे, बगुवा हुँदै मकवानपुरको ठिङ्गन भएर हेटौँडा

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन

माघ २६,काठमाडौँ   । न्याय सेवा आयोगको परीक्षा महाशाखाले  ४३ जना जिल्ला न्यायाधीशका लागि  विज्ञापन  गरेको 

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)